काठमाडौं । तीनपांग्रे सवारीसाधनमा इलेक्ट्रीक अटो ट्रियो लोकप्रिय हुँदै गएको छ । नेपालमा बिक्री सुरू भएको केही समयमै सडकमा उल्लेखनीय मात्रमा ट्रियो अटो गुड्न थालेका छन् ।
यसैक्रममा, सिन्धुलीमा एकैपटक १६ वटा ट्रियो हस्तान्तरण गरिएको छ । महिन्द्रा एण्ड महिन्द्रा ९लास्ट माइल मोबिलिटी०को नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले सिन्धुलीमा एकैपटक १६ वटा सवारीसाधन हस्तान्तरण गरेको हो ।
अग्नि ग्रुपका प्रदेश प्रमुख रोशन श्रेष्ठ, इलेक्ट्रीक डिभिजन सेल्स हेड प्रमोद भण्डारी, सेल्स प्रतिनिधि नरेन्द्र खड्गी, सिन्धुलीका लागि ट्रियो इलेक्ट्रीक अटोको आधिकारीक बिक्रेता खड्ग श्रेष्ठ र टिका श्रेष्ठ लगायतको उपस्थितिमा ट्रियो हस्तान्तरण गरिएको थियो ।
ग्राहकलाई ट्रियो खरिदका लागि अग्नि हायर पर्चेज र राष्ट्रिय वाणिज्य बैंकले फाइनान्स सुविधा उपलब्ध गराएका छन् । ती सवारीसाधनको बीमा प्रभु इन्स्योरेन्समा गरिएको छ ।
स्वदेशमा विद्युतीय सार्वजनिक अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सिर्जना गर्नुका साथै प्रदूषण नियन्त्रणमा समेत भूमिका खेलेको कम्नीको भनाइ छ ।
महिन्द्रा ट्रियो भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रीक अटो प्लेटफर्म हो । सन् २०१८ मा सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी पार गरिसकेको छ ।
२,०७३ मिलिमिटर ह्वीबेस भएको ट्रियो जस्तोसुकै कच्ची सडकमा गुडाउन सकिन्छ । आरामदायी सवारीका लागि यसको अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । साथै, हाइड्रोलिक ब्रेक जडान गरिएको छ ।
यसमा भएको पूर्ण डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न संकेतहरूको विस्तृत जानकारी दिन्छ ।

