लीपमोटरकाे कस्टमर र्‍याली सम्पन्न

काठमाडौं । सांग्रिला मोटर्स प्रालिद्धारा आयोजित ‘लीपमोटर कस्टमर र्‍याली’ सम्पन्न भएको छ ।

‘लेट्स लीप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स’ भन्ने मूल नाराका साथ आयोजित र्‍याली पुस ५ गते सम्पन्न भएको हो ।

सानेपास्थित हेरिटेज गार्डेनबाट सुरू भएको र्‍याली नगरकोटको क्लब हिमालय पुगेर समापन भएको हो ।  र्‍यालीमा लीपमोटरका ग्राहकहरू सहभागी थिए ।

र्‍यालीले  ‘विस्तारित लीपमोटर परिवार’लाई मनोरम ड्राइभ, सामुदायिक भाइचारा र उत्सवका लागि एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ ।

र्‍यालीले सवारी धनीहरूलाई घुमाउरो र उकालो भू-भागमा लीपमोटर ईभीको उत्कृष्ट कार्यक्षमता र ह्यान्डलिङको अनुभव गर्ने अवसर प्रदान गरेका थियो । साथै, अन्य ईभी प्रेमीहरूसँग आत्मीयता साटासाट गर्ने मौका पनि जुराएको थियो ।

र्‍यालीका दौरान क्विज, विभिन्न खेलहरू, बफे लन्च, नेटवर्किङ सेसन र गाडीको चेकजाँच जस्ता विविध गतिविधिहरू संचालन गरिएको थियो ।


Back_to_top