अब काठमाडौंको जोरपाटीमा पनि सिप्रदीको सर्टिफाइड ग्यारेज

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौंको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

टाटा मोर्टसका ग्राहकहरुलाई सहजरुपमा गाडी मर्मत तथा सर्भिसिङ्ग सुविधा प्रदान गर्ने उद्देश्यले सिप्रदीले सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको हो ।

माघ ३० गते सिप्रदीका चिफ मेनेजर जयन बाबु डंगोल तथा अरुण कुमार शाहले संयुक्तरुपमा वर्कशपको उद्घाटन गरेका थिए । ग्राहकले टाटाका एस, पिकअप तथा विङ्गर सेग्मेन्टका गाडीहरुको सर्भिसिङ्ग तथा मर्मतका सेवाहरु उक्त वर्कशपबाट प्राप्त गर्न सक्नेछन् ।

उक्त वर्कशपमा टाटा योद्धाका ग्राहकहरुलाई निःशुल्क १४ प्वाइन्ट् चेक अप, ब्रेकडाउन एसिस्टेन्स आदि सेवा तथा सुविधाहरुको साथमा शनिबार पनि दिउँसो १ः०० बजे सम्म वर्कशप खुल्ला रहने छ ।

त्यसैगरी, सिप्रदीले चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कशपबाट टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि ‘टाटा योद्धा एक्सप्रेस’ सुविधाको शुभारम्भ गरेको छ ।

सिप्रदीले टाटा योद्धाका ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने उद्देश्यले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि संगमश्रीमा उक्त सेवाको शुभारम्भ गरेको हो ।  जस अन्तर्गत टाटा योद्धा गाडीहरुको निःशुल्क १४ प्वाइन्ट् चेक अप,  ४८ घण्टाभित्र टाटा योद्धा गाडी नबनेमा ग्राहकहरुलाई क्षतिपूर्तिको व्यवस्था, समायोजित तथा सस्तो मूल्यमा टाटा योद्धा गाडीहरुको स्पेयर पार्टस् उपलब्धताको साथमा शनिबार पनि वर्कशप खुल्ला रहने सेवा तथा सुविधाहरु रहेका छन् ।


Back_to_top