काठमाडौं । स्कोडाको पहिलो भारतीय सबफोर मिटर एसयूभी काइल्याकले सेफ्टी टेस्टमा फाइभ स्टार रेटिङ पाएको छ । स्कोडा काइल्याकले भारतीय एनक्यापमा फाइभ स्टार रेटिङ पाएको हो ।
काइल्याक आहिलेसम्म भारतीय एनक्यापमा टेस्ट भएका आइस भेहिलकहरू मध्ये सबैभन्दा धेरै स्कोर गर्ने मोडल समेत बनेको छ ।
काइल्याकले दुवै चाइल्ड तथा एडल्ट अकुपेन्ट प्रोटेक्सनमा फाइभ स्टार रेटिङ पाएको हो । उक्त क्रयास टेस्टमा काइल्याकले एडल्ट अकुपेन्टमा ३२ मा ३०.८८ र चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा ४९ मा ४५ अंक पाएको हो ।
स्कोडा काइल्याकमा स्ट्याण्डर्ड ६ वटा एयरब्याग रहेको छ । यो एसयूभीको सबै सिटमा थ्रीपोइन्ट सिटबेल्ट रिमाइण्डर सहित रहको छ । रियर आउटबोर्ड सिटमा समेत इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल र आइएसओफिक्स एङ्कर काइल्याकमा दिएको छ । यसमा एआइएस १०० प्रेडिस्ट्रीयन प्रोटेक्सन नम्सका सम्पूर्ण फिचर समेत रहेको छ ।
यही जनवरी २७ देखि डेलिभरी सुरू हुने स्कोडा काइल्याक फक्सवागेन ग्रुपको एमक्यूबी एओ आइएन प्ल्याटफर्ममा बनेको हो । यही प्ल्याटफर्ममा स्कोडा कुशक, स्लाभिया तथा फक्सवागेनको टाइगुन तथा भर्टुस बनेको छ ।
भारतीय बजारमा बिक्री सुरू भएपछि स्कोडा काइल्याक छिटै नेपाली बजारमा समेत लन्च हुने अपेक्षा गरिएको छ ।