काठमाडौं । स्कोडाको काइल्याक एसयूभी इन्ट्री लेभल मोडल हो । चार मिटरभन्दा केही मिलिमिटर मात्रै छोटो काइल्याक युरोपियन विरासतको निरन्तरता ‘फिल’ गराउने मोडल हो ।
चेक ब्राण्ड स्कोडा, फक्सवागेन ग्रुप अन्तर्गतको एक ब्राण्ड हो । निकै आकर्षक डिजाइनका कार उत्पादन गर्ने स्कोडाले भारतमा उत्पादन गरेको काइल्याक पेट्रोल इन्जिनमा उपलब्ध छ ।
फक्सवागेन ग्रुपको १.० लिटर टीएसआई इन्जिन यसमा छ । यसको पावर र पर्फमेन्स दुवै उत्कृष्ट पाउन सकिन्छ । ११४ पीएस पावर र १७८ न्युटन मिटर टर्क नेपाली सडकको लागि एथेस्ट छ । १८९ एमएम अग्लो ग्राउण्ड क्लियरेन्सले गाडीलाई हल्का अफरोडमा चलाउँदा फरक नपर्ने बनाएको छ ।
हामीले काठमाडौंबाट ककनी र ककनी चोकबाट पूर्वपट्टीको बाटोमा यसलाई चलाएर हेरेका थियौं । खराब बाटोमा पनि यसको पर्फमेन्स उत्कृष्ट थियो ।
मूल्यका हिसाबले ४५ लाख ९० हजारदेखि ७० लाख ९० हजार रुपैयाँसम्म पर्ने काइल्याक म्यानुअल र अटोमेटिक गियरबक्समा उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक दुवै गियर ६ स्पीड दिइएको छ ।
भारत एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको कारमा ६ एयरब्याग स्टाटयण्डर्ड रूपमै दिइएको छ ।
काइल्याक सम्बन्धी पूर्ण जानकारीको लागि पूरा भिडियो हेर्नुहोला ।

