स्कोडाको प्रिमियम सेडान स्लाभिया ५ भेरियन्टमा बिक्री सुरु (मूल्यसहित)

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले नयाँ प्रिमियम सेडान स्लाभिया बिक्री सुरु गरेको छ । कम्पनीले विभिन्न ५ भेरियन्टमा स्लाभिया नेपाल ल्याएको हो ।

स्कोडा र्यापीडको आयात बन्द भएपछि नेपाल आएको नयाँ स्कोडा स्लाभिया दुई गियरबक्समा उपलब्ध हुनेछ । यसको डिफरेन्ट डिजाइन र प्रिमियम फिचरले दुई दशकदेखि नेपाललाई विश्वस्तरीय सेडान उपलब्ध गराउँदै आएको स्कोडाको विरासतलाई कायम गर्ने अपेक्षा छ ।

‘स्लाभिया भिडमा आफ्नो फरक छवि बनाउन चाहनेका लागि डिजाइन गरिएको प्रिमियम मिड साइज सेडान हो । स्कोडाको स्लिक डिजाइन रहेको स्लाभियामा आधुनिक र किफायती इन्जिन जडान गरिएको छ । साथै, मजबुत सुरक्षाका लागि परिचित स्कोडाले यसको सुरक्षामा कुनै कम्प्रोमाइज गरिएको छैन ।’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

नयाँ स्कोडा स्लाभियामा १.० लिटरको थ्रि सिलिन्डर ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक टर्बो पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । टिएसआई इन्जिनलाई मितव्ययी मानिन्छ जसले १९.४७ किलोमिटरको माइलेज दिन्छ । साथै यसले १०.७ सेकेन्डमा १०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ ।

स्लाभिया सेग्मेन्टकै सबैभन्दा ठूलो सेडान हो । जसले पाँच वयस्क यात्रीलाई पर्याप्त हेड, सोल्जर र लेगरुम प्रत्याभुत गर्छ । साथै यसको ग्राउन्ड क्लेरेन्स १७९ एमएम रहेको छ जुन सेग्मेन्टमै सबैभन्दा बढी र नेपाली सडकको अवस्था सुहाउँदो छ ।
स्लाभियामा ६ एअर ब्याग, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम, मल्टि कोलिजन ब्रेक, पार्किंग सेन्सर, अटोमेटिक ब्रेक डिस्क क्लिनिंग फंक्सनसहित उपलब्ध छ ।

त्यसैगरी, रियर भ्यु क्यामेरा, टायर प्रेसर मनिटरिंग, हिल होल्ड कन्ट्रोल, क्रुज कन्ट्रोल, अटो हेडल्याम्प र वाइपर जस्ता सुरक्षाका फिचर उपलब्ध छन् । उत्कृष्ट सुरक्षाका कारण स्लाभियाले ग्लोबल एनसीएपी रेटिंगमा ५ स्टार हासिल गरेको छ ।

ड्यास बोर्डको बीचमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्लेसहितको १० इन्चको एड्भान्स्ड टचस्क्रिन, ८ इन्चको डिजिटल ककपिट, रियर पेसेन्जर डुअल एसी भेन्ट, डुअल युएसबी पोर्ट पनि रहेको छ ।

यो प्रिमियम सेडान क्रिस्टल ब्लु, क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर र कार्बन स्टिल लगायतका आकर्षक कलरमा उपलब्ध छ ।

कम्पनीले स्लाभियाको एक्टिभ भेरियन्टको मूल्य ४९ लाख ४० हजार रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै एम्बिसन भेरियन्टको म्यनुअलको मूल्य ५८ लाख ४० हजार र अटोमेटीकको मूल्य ६५ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ ।

साथै, टप भेरियन्ट स्टाइल पनि म्यनुअल र अटोमेटीकमा उपलब्ध छ । यसको म्यानुअलको मूल्य ६६ लाख ९० हजार र अटोमेटीकको ७४ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top