डल्फीन ह्याचव्याक आज सार्वजनिक हुँदै, मूल्य कति ?

काठमाडौं । साइमेक्स इंकले नेपालमा बीवाइडी डल्फीन आज सार्वजनिक गर्दैछ । कम्पनीले आज नक्सालमा रहेको आफ्नो शोरुमबाटै डल्फीन सार्वजनिक गर्न लागेको हो ।

ह्याचव्याक सेग्मेन्टमा आएको बीवाइडी डल्फीनमा ४४.९ किलोवाट आवर ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

अल न्यू इ सिक्सको जस्तै यसमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ । यसको लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ ।

यसमा १६ इन्चको अलोय ह्वील भएको डल्फीनले ६० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने ७ किलोवाटको एसी चार्जरले घरायसी बिजुलीबाट चार्ज गर्न सकिन्छ ।

हिजो मात्रै एमजीले यहि सेग्मेन्टमा एमजी–४ कार सार्वजनिक गरेको थियो । एमजी–४ सँग सिधा प्रतिस्पर्धा हुने डल्फीनको मूल्य पनि एमजी–४ भन्दा कम हुने अनुमान गरिएको छ ।

साइमेक्स इंकले यसको आधिकारीक मूल्य अहिलेसम्म जानकारी दिएको छैन । तर, आजै यसको मूल्य सार्वजनिक हुँदैछ । सम्भवत यसको मूल्य ४० लाख ४९ हजार हाराहारी कायम हुनेछ ।


Back_to_top