आयो स्मार्ट #3 इलेक्ट्रीक एसयूभी, यस्तो छ मूल्य

काठमाडौं । सीजी मोटर्सले स्मार्ट ब्राण्डको एसयूभी नेपाल भित्र्याएको छ । कम्पनीले ल्याएको स्मार्ट #3 एसयूभी निकै प्रिमियम मोडल हो ।

कम्पनीले नेपाल ल्याएको #3 को मूल्य कलर अनुसार फरक कायम गरिएको छ । सीजी मोटर्सले प्रकाशित गरेको अधिकतम खुद्रा बिक्री मूल्यमा ओरेन्ज कलर भएको गाडीको मूल्य १ करोड २० लाख र इलेक्ट्रोन ब्लू म्याट्रीकको मूल्य १ करोड २२ लाख कायम गरिएको छ ।

नेपाल आएको स्मार्ट #3 मोडल यूरोपमा पनि बिक्री वितरण हुँदै आएको मोडल हो । नेपाल ल्याइएको मोडलमा उपलब्ध ब्याट्री र मोटरको विषयमा कुनै जानकारी बाहिर आएको छैन । तर, बेलायतमा भने यसलाई दुई ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ ।

स्मार्ट #3 मा ४९ र ६६ किलोवाट आवर क्षमताको दुई ब्याट्री उपलब्ध छ । अधिकतम १५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्ने एसयूभीलाई ७.४ किलोवाटको एसी चार्जरले घरमै चार्ज गर्न पनि सकिन्छ । यसमा मोटर भने ठ्याक्कै २०० किलोवाट क्षमताको छ ।


Back_to_top