काठमाडौं आइपुग्यो स्मार्ट ह्यासट्याग १ र ३ एसयूभी, जेठ भित्रै लन्च हुने, मूल्य कति ?

काठमाडौं । जर्मनीको लग्जरी अटोमोबाइल मर्शिडिज बेन्ज र चिनियाँ अटोमोबाइल ग्रुप जिलीको लगानी रहेको स्मार्टका प्रिमियम ईभी काठमाडौं आइपुगेका छन् ।

नेपालको लागि स्मार्टको आधिकारिक वितरक सीजी मोटर्सले स्मार्टको ह्यासट्याग १ र ३ प्रिमियम एसयूभी नेपाल भित्र्याएको हो ।

कम्पनी स्रोतका अनुसार स्मार्टको ह्यासट्याग १ र ह्यासट्याग ३ मोडल ईभी नेपाली बजारमा जेठ भित्रै बिक्री सुरू गरिने छ ।

केही समय अगाडि देखिस्मार्टको कम्प्याक्ट क्रसओभर एसयूभी ह्यासट्याग ३ नेपाली सडकमा परीक्षण भइरहेको थियो । अहिले भने कम्पनीले अर्को मोडल सबकम्प्याक्ट क्रसओभर एसयूभी ह्यासट्याग १ समेत भित्र्याइसकेको छ ।

स्मार्टको दुवै ईभी मोडलहरू प्रोप्लस र प्रिमियम भेरियन्टमा नेपाल भित्रिएका हुन् । यी ईभीहरू निकै नै प्रिमियम तथा लग्जरी इन्टेरियर रहेको छ ।

स्मार्ट ह्यासट्याग ३

कम्प्याक्ट क्रसओभर बडी डिजाइनमा रहेको स्मार्ट ह्यासट्याग ३ को लम्बाइ ४४०० एमएम, चौडाइ १८४४ एमएम र उचाइ १५५६ एमएम रहेको छ । ५ सिटे यो ईभीको ह्वीलबेस २७८५ एमएमको रहेको छ ।

यसमा २०० किलोवाटको रियरह्वील ड्राइभ मोटर रहेको छ । ६६ किलोवाट आवरको ब्याट्रीप्याक रहेको यो ईभीले एक पटकको फुल चार्जमा ४५५ किलोमिटरको रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

२२ किलोवाटको एसी चार्जर र १५० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्ने स्मार्ट ह्यासट्याग ३ ईभीलाई ३० मिनेटमै १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

लग्जरी फिचर प्याक स्मार्ट ३ मा १९ इन्चको अलोय ह्वील, फ्रेमलेस डोर, इलुमिनेटेड कन्सिल्ड डोरह्याण्डल, ग्यालेक्सी प्यानारोमिक रुफ, साइबर स्पार्क म्याट्क्सि हेडलाइट, एक्टीभ ग्रिल सटर, इलेक्ट्रीक एड्जस्टेबल हिटेड ओआरभीएम, पावर एण्ड गेस्चर टेलगेट जस्ता एक्सटेरियर फिचर रहेको छ ।

त्यस्तै, यसको इन्टेरियरमा १२.८ इन्चको सेन्टर डिस्प्ले स्क्रीन, ९.२ इन्चको एचडी इन्स्ट्रुमेन्ट क्लस्टर, १० इन्चको हेडअप डिस्प्ले, वायरलेस चार्जिड प्याड, स्पोर्टी स्टेरिड ह्वील, मेमोरी फड्सन सहितको डाइभर सिट, ६ वे इलेक्ट्रीक एड्जस्टेबल हिटेड डाइभर र प्यासेन्जर सिट, ड्युल जोन अटोमेटिक क्लाइमेट कन्टोल, १३ वटा स्पीकर सहितको बीट्सको साउण्ड सिस्टम आदि फिचर रहेको छ ।

सुरक्षाको लागि यो एसयूभीमा १२ वटा फ्रन्ट एण्ड रियर पार्किड सेन्सर, अटोमेटिक पार्किड असिस्ट, ३६० डिग्री क्यामरा, ७ वटा एयरब्याग, एडासका ३ दर्जन फिचरहरू रहेको छ ।

स्मार्ट ह्यासट्याग १

सबकम्प्याक्ट क्रसओभर एसयूभी बडी डिजाइनको ह्यासट्याग १ निकै स्मार्ट कार हो । विश्वको पहिलो ओपन सोर्स प्ल्याटफर्म सस्टेनेबल इलेक्ट्रीक आर्किटेक्चरमा (एसईए) मा बनेको यो ईभी प्रो प्लस र प्रिमियम भेरियन्टमा भित्रिएको हो ।

स्मार्ट १ ईभीको लम्बाइ ४२७० एमएम, चौडाइ १८२२ र १६३६ एमएमको उचाइ रहेको छ । स्मार्ट १ को ह्वीलबेसको साइज २७५० एमएमको छ । स्मार्ट १ ईभीमा पनि रियरमा २०० किलोवाटको मोटर दिएको छ । यो ईभीमा पनि ६६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक रहेको छ । यसको डब्लूएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ । यो ईभीलाई २२ किलोवाटको एसी र १५० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ३० मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

स्मार्ट १ को फ्रन्टमा एलईडी हेडल्याम्प, कनेक्टेड एलईडी डीआरएल स्टीप, १९ इन्चको अलोय ह्वील, रियर मल्टिलिड्क सस्पेन्सन तथा १८५ एमएमको ग्राउण्ड क्लियरेन्स छ । बडी साइज फरक हुनुको अलावा स्मार्ट १ को क्याबिन फिचरहरू स्मार्ट ३ को जस्तै रहेको छ । दुवै स्मार्टका कारहरू युरो एनक्याबको क्रयास टेस्टमा ५ स्टारको सेफ्टी रेटिङ पाएका छन् ।

विभिन्न ११ कलर अप्सनमा उपलब्ध रहेको स्मार्ट ह्यासट्याग १ र ह्यासट्याग ३ नेपाली बजारमा प्रोप्लस र प्रिमियम भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएकोे छ ।

स्मार्टको ह्यासट्याग १ प्रोप्लसको सुरूवाती मूल्य १ करोड रुपैयाँ तोकिएको छ भने ह्याट्याग १ को प्रिमियम भेरियन्टको १ करोड १० लाखदेखि १ करोड २० लाख रुपैयाँसम्म रहेको छ ।

त्यस्तै, स्मार्ट ह्यासट्याग ३ प्रोप्लसको मूल्य १ करोड रहेको छ भने ह्यासट्याग ३ प्रिमियमको मूल्य १ करोड १५ लाख देखि १ करोड २५ लाख रुपैया तोकिएको छ ।


Back_to_top