सनलङको १२ र १३ सिटे भ्यानको बुकिङ खुला

काठमाडौं । नेपाली बजारमा सनलङको नयाँ इलेक्ट्रीक भ्यान आउने भएको छ । ब्लू कर्पोरेशन प्रालिले नेपाल ल्याउने सनलोङको ईभीयू १ इलेक्ट्रीक भ्यानको बुकिङ खुलाएको हो ।

१२ र १३ सिट क्षमतामा आउने नयाँ भ्यान चीनको प्रतिष्ठित सांघाई सेनलङ बस कम्पनी लिमिटेडले उत्पादन गरेको हो । सन् २००१ मा स्थापना भएको यो कम्पनीले विभिन्न मोडलका कमर्शियल बस, मिनिबस, भ्यान र लाइट कमर्शियल ट्रक उत्पादन गर्दै आएको छ ।

ब्लू कर्पोरेशनले ल्याएको ईभीयू १ इलेक्ट्रीक भ्यानमा फोल्डिङ बाहेक नै १२ वा १३ सिटको अप्सन रहेको छ । यो भ्यानमा ४१.८६ किलोवाट आवरको सीएटीएलको ब्याट्रीप्याक रहेको छ ।

सनलोङको ईभीयू १ इलेक्ट्रीक भ्यान ८० किलोवाटको रियर माउण्टेड मोटर रहेको छ । यस भ्यानले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

फिचर लोडेड सनलोङको यो भ्यानमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी रहेको छ ।

ब्लू कर्पोरेशनले ललितपुरको बालकुमारीमा सनङको आधिकारिक शोरुम बनाएको छ । यसअघि कम्पनीले सनलङको १.४ टन क्षमताको इलेक्ट्रीक कार्गो भ्यान समेत बिक्री गर्दै आएको छ ।


Back_to_top