काठमाडौं । टाटा मोटर्सको प्रि बजेट अफरको समयावधि थप भएको छ ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि-बजेट एक्सचेन्ज फेस्टको समय ३ दिन अर्थात् जेठ ७ गतेसम्म थप गरेको हो ।
ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढ्दो मागलाई मध्येनजर गर्दै प्रि-बजेट एक्सचेन्ज फेस्टको समय थप गरिएको सिप्रदीले जनाएको छ ।
सिप्रदीका अनुसार यस मेलामा ग्राहकहरूले कुनै पनि ब्राण्डको पुरानो गाडीसँग् टाटाको नयाँ इलेक्ट्रीक गाडी साट्न सक्नेछन्।
साथै, ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्।
त्यस्तै, ग्राकहले २० प्रतिशत डाउन पेमेन्टमै टाटाको ईभी खरिद गर्ने सक्नेछन् । अतिरिक्त रूपमा ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पनि पाउने छन्।
यो अफर टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभीमा लागू हुने कम्पनीले जनाएको छ ।


