सोकोन ईसी ३६ भ्यान नेपाली बजारमा, एकैपटक ४१ जनालाई हस्तान्तरण

काठमाडौं । सोकोन ईसी ३६ ईभी भ्यान नेपाली बजारमा सार्वजनिक भएको छ । एमएडब्लू वृद्धीले मंगलबारदेखि उक्त भ्यान नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

यसअघि उक्त भ्यान बुकिङ गरेका ४१ जना ग्राहकलाई कम्पनीले चाबी हस्तान्तरण गरेको थियो । कम्पनीले सोकोन ईसी ३६ भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

११ सिट क्षमताको ईसी ३६ भ्यानले एकपटकको फुलचार्जमा ३०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा रहेको ६० किलोवाटको इलेक्ट्रीक मोटरले २०० एनएम टर्क जेनेरेट गर्छ । यसमा जडान गरिएको ४२ केडब्लूएच सीएटीएल ब्याट्रीले २।५ घण्टामा ० देखि १०० प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता राख्छ ।

१८८ मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको यस भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षा फिचर रहेका छन् । साथै, यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिंङ प्रणालीको सुविधा पनि उपलब्ध छ।

सन् १९८६ मा स्थापित सोकोन दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो निजी अटो कम्पनी हो । यो चीनमा ईभी, एसयूभी र एमपीभीहरूको अग्रणी निर्माताहरूमध्ये एक हो । सोकोनले नवप्रवर्धन र उत्कृष्टता प्रतिको आफ्नो प्रतिबद्धतालाई प्रदर्शन गर्न संयुक्त राज्य अमेरिका, जापान, जर्मनी र चीनमा आर एण्ड डी केन्द्रहरू समेत स्थापना गरेको छ ।

हालसम्म कम्पनीले विश्वव्यापी रूपमा ३५ लाख सवारी साधनहरू डेलिभर गरिसकेको छ ।


Back_to_top