काठमाडौं । विश्वकप फुटबलको कुम्भ मेला आजबाट रसियामा सुरु हुँदैछ । अब टिम, खेल र हरेक खेलाडीको विषय साझा बहसको बिषय बन्ने नै छ । हुनत सवारीसाधनहरू नियमीत कार्यका लागि सबैले प्रयोग गर्ने गर्छन् । तर पनि विश्वमा रहेका कैयौ ब्रान्डका कारहरू मध्य अाफ्नो मनपर्ने फूटबल खेलाडीले प्रयोग गर्ने कार कस्तो होला भन्ने चासो आम फुटवल प्रेमिमा हुनु स्वभाबिक हो ।
अटो निर्माता कम्पनीहरूले पनि अाफ्ना ब्रान्ड प्रमोसनका लागि फुटबलका स्टार खेलाडीहरू र फूटबल खेललार्इ प्रयेग गर्दै आएका छन् ।
किया हुन्डार्इ ग्रुपले फिफा वल्डकप २०१८ लार्इ स्पोन्सर गरेको छ। यो वल्डकप भरि सहभागी सबै खेलाडी र अफिसियलहरूले किया वा हुन्डार्इका गाडी मात्र प्रयोग गर्ने छन् । तर उनिहरू व्यक्तिगत जीबनमा कस्ता गाडी चड्छन भन्ने बिषय आम मानिसको चासोमा पर्ने गरेको छ ।

१. क्रिस्टियानो रोनाल्डोः पोर्चुगलका क्पाप्टेन तथा रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डो ल्याम्र्बोगिनी एभेन्टाडोर एलपि ७००-४ कारमा हुइकन्छन् ।
७०० ब्रेक हर्सपावर (बिएचपी) को मद्दतले यो कार ३ सय ५० किलोमिटर प्रति घन्टासम्मको रफ्तारमा कुद्न सक्छ । यसको मूल्य ३ कारोड ८७ लाख नेपाली रुपैयाँ रहेको छ ।

२.लियोनल मेसीः अर्जेन्टिनाका स्ट्रार्इकर ताथ बार्सिलोना स्टार लियोनल मेसी मासेराती ग्रेन टूरिस्मो एमसि स्ट्रडले कार प्रयोग गर्छन् । यो कारको मूल्य १ करोड ५५ लाख नेपाली रुपैयाँ रहेको छ । यो कार प्रति घन्टा ३ सय २ किमिसम्मको रफ्तारमा दौडिन्छ । उनि टाटा मोटर्सको ग्लोबल ब्रान्ड एम्बेसडरसमेत पनि हुन् ।

३. नेमार जुनियरः फुटबल जगतकै महंगा फुटबलर हुन ब्राजिलियन खेलाडी नेमार जुनियर । यी ब्राजिलियन स्ट्रार्इकर अडि आर ८ जिटी कारमा कुद्छन । झन्डै २ करोड १५ लाख नेपाली रुपैया पर्ने यो कार प्रतिघन्टा ३ सय २१ किमि सम्मको रफ्तारमा कुद्ने क्षमता राख्दछ ।

४. मिसुत ओजिलः बिश्व बिजेता टोलि जर्मन टोलीका प्ले मेकर तथा आर्सनलका मिडफिल्डर मिसुत ओजिल फेरारी ४५८ चढ्छन । ३ सय ४० किमि प्रतिघन्टासम्मको गतिमा दौडिने यो कारको मूल्य १ करोड ८२ लाख नेपाली रुपैयाँ रहेको छ ।

५. पउल पोग्बाः फ्रान्स तथा म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बा रोल्स रोयस कस्टुमब्याक कार प्रयोग गर्छन् । ४ करोड ३२ लाख नेपाली रुपैयाँ पर्ने उक्त कार २ सय ५० किमीसम्मको गतिमा दौडिन्छ ।

