यस्तो छ होन्डाको PCX इलेक्ट्रीक स्कुटर, टप स्पिड ९६ किलोमिटर

काठमाडौं । होन्डा टु–ह्बीलर्सले २०१८ को दिल्ली मोटर शोमा आफ्नो नयाँ इलेक्ट्रीक स्कुटर पिसिएक्सलाई प्रदर्शन गरेको थियो । इलेक्ट्रीक सवारी निर्माणमा पछिल्ला दिन सबै सवारीसाधन निर्माता लागेको समयमा कम्पनीले एसियाली बजारलाई हेरर यो स्कुटर निर्माण गर्न लागेको जनाएको छ । 

कम्पनीले यो स्कुटरमा निकै शक्तीशाली मोटर दिने जनाएको छ । यसमा प्रयोग हुने व्याट्री निकाल्न र राख्न सजिलै सकिने छ । यसको व्याट्रीलाई एउटा पावर हाउसको रुपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसलाइ होन्डाले मोवाइल पावर बैंक नामाकरण गरेको छ । 

यस स्कुटरमा लिथियम इआन व्याट्री प्रयोग हुने छ, जुन लामो समयसम्म ब्याकअप दिने र छोटो समयमा चार्ज हुने विशेषता रहेको ब्याट्री हो । 

यो स्कुटरलाई कम्पनीले भारतमा मात्रै होइन यसअघि भएको लस एन्जलसमा भएको सीइएस् शोमा पनि प्रर्दशनमा राखिएको थियो । यसमा कम्पनिले ०.९८ किलोवाट क्षमताको मोटर प्रयोग गरेको छ । यो मोटरलाई रिमुभएवल लिथिएम इआन व्याट्रीले कम प्रसर गर्ने छ ।


Back_to_top