काठमाडाैं । भारतीय बजारमा फेब्रुवरी ८ मा सार्वजनिक भएको यो मारुति सुजुकीको उत्पादन ‘थर्ड जेनरेसन स्विफ्ट’ भारतीय बजारमा निकै चर्चित बनेको छ ।
नेपाली बजारमा समेत आइसकेको यो कार ४ महिना अगाडिबाट भारती बजारमा बुकिङ लिन थालिएको थियो । १४५ दिनमा १ लाख युनिट बुकिङ भएको मारुति सुजुकीले जानकारी दिएको छ । साथै, कम्पनीले माग धान्न निकै कठिन भएकाले ग्राहकलाई केहि धैर्यता गर्नसमेत आह्वान गरेको छ ।
याे पनि पढ्नुस्ः भारतीय बजारमा धमाल मच्चाएको ‘थर्ड जेनरेसन स्विफ्ट’ नेपालमा, मूल्य कति ?
सन् २००५ मा पहिलो पटक बजारमा आएको यो कार १२ बर्षको समयमा विश्वभरी १८ लाखभन्दा बढि बिक्री भईसकेको छ । सन् २०१२ मा सेकेन्ड जेनरेशन मोडल फेसलिफ्ट र नयाँ केटुएल्भ इन्जिनसहित लञ्च भएको थियो ।
स्विफ्ट थर्ड जेनरेशनमा आई पुग्दा यसको च्यासीस र डिजाईनमा समेत धेरै परिमार्जन गरिएको छ । १२०० सीसी केसीरीज भीभीटी पेट्रोल इन्जिन दिइएको यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ ।
याे पनि पढ्नुस्ः मारुतिको नयाँ मूल्यसूचीः बलेनो भयो महंगो, ब्रेजाको मूल्य ४ लाख ७० हजारसम्म घट्यो
सुरक्षालाई विशेष चासो दिएर निर्माण गरिएको यस कारको दुई भेरिएन्टमा उपलब्ध रहेको छ । कम्पनीले दुबै भेरिएन्टमा डियुल एयर ब्याग दिइएको छ । साथै अगाडिको बम्परमा विशेष प्रकारको मेटिरियल्स् तथा डिजाइनको प्रयोगबाट पैदलयात्रीको सुरक्षालाई समेत ध्यान दिइएको छ । एबिएस, इबिडीलगायतका सुरक्षा उपकरण जडान भएका छन् ।
नेपाली बजारमा सिजी मोटोर्कप मारुति सुजुकीको आधिकारीक बिक्रेता हो । कम्पनीले सार्वजनिक गरेको मूल्यसूचि अनुसार स्विफ्ट भीएक्सआईको मूल्य २८ लाख ९९ हजार रहेको छ भने स्विफ्ट जेडएक्सआईको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

