महिन्द्राले आफ्नो नयाँ कम्प्याक्ट एसयूभी एक्सयूभी–३०० यही वर्षको फेब्रुअरी १४ मा भारतीय बजारमा सार्वजनिक गरेको हो । सार्वजनिक भएको पहिलो तथा दोस्रो महिनामा स्थापित प्रतिस्पर्धीहरुलाई एक्सयूभी–३०० ले पछि पारेको छ ।
सव–फोर मिटर एसयूभी सेगमेन्टमा भारतमा सबैभन्दा धेरै बिक्री हुनेमा मारुती सुजुकी भिटारा ब्रेजा रहेको छ । अप्रिल २०१९ मा ब्रेजा ११ हजार ७ सय ८५ युनिट बिक्री भएको छ । त्यस पछि एक्सयूभी–३०० ले दोस्रो स्थान लिएको छ ।
२०१९ को अप्रिलमा महिन्द्रा एक्सयूभी–३०० ४ हजार २ सय वटा बिक्री भएको छ । त्यस्तै टाटा नेक्सन ३ हजार ९ सय ७६ वटा बिक्री हुँदा फोर्ड इकोस्पोर्ट ३ हजार १ सय ९१ वटामा सीमित भएको छ ।
विगतदेखि नै राम्रो बजार बनाएका टाटा नेक्सन र फोर्ड इकोस्पोर्टलाई महिन्द्रा एक्सयूभी–३०० ले कडा चुनौती दिएको छ । यसका साथै यही सेगमेन्टमा अर्को नयाँ प्रतिस्पर्धी समेत थपिँदै छ ।
हुन्डाईले सव फोरमिटर एसयूभी सेगमेन्टमा भेन्यू कार ल्याउँदै छ । यही मे २१ मा हुन्डाईले भारतमा भेन्यू सार्वजनिक गर्दैछ । हुन्डाई भेन्यू बजारमा प्रवेश गरेपछि यो सेगमेन्ट अझ प्रतिस्पर्धी बन्ने निश्चित छ ।

