दशैं स्कीमः स्टाइलिस इलेक्ट्रीक मोटरसाइकलमा ४० हजार छुट

काठमाडौं । इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोले दशै स्कीम ल्याएको छ । कम्पनीले नगद तथा एक्सचेन्ज सहितको दशै अफर ल्याएको हो ।

इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोको आधिकारिक विक्रेता कम्पनी डि-लाइफ स्टाइलले ल्याएको दशै स्कीममा नगद ४० हजार रुपैयाँसम्मको छुट रहेको छ ।

कम्पनीले ल्याएको दशै स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको कुनैपनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग सुपर शोकोको नयाँ स्कुटर तथा मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्नछन् । ग्राहकले एक्सचेन्ज गर्दा बजार मूल्यांङ्कनमा थप १० हजार रुपैयाँ पाउने छन् ।

दशैं स्कीममा सुपर शोको टीसी म्याक्स र सीपीएक्समा कम्पनीले नगद ४० हजार रुपैयाँ छुट दिने जनाएको छ भने सीयू मिनी र सीयूएक्समा २० हजार नगद छुट उपलब्ध रहेको छ । त्यस्तै, अन्य मोडलमा भने ३० हजार रुपैयाँ छुट रहेको छ ।

यसका अलावा कम्पनीले हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा एक वर्षको रोड ट्याक्स, २ वर्षको निशुल्क सर्भिसिङ, हेलमेट उपलब्ध गराउने जनाएको छ ।

सुपर शोकोका स्कुटर तथा मोटरसाइकलमा ३ वर्षको ब्याट्री वारेन्टी तथा २ वर्ष वा २० हजार किलोमिटरसम्म मोेटरमा वारेन्टि दिँदै आएको छ ।

यस्ताे छ मूल्यसूची

 

 


Back_to_top