सुजुकीको पहिलो इलेक्ट्रीक स्कुटर ई-एक्सेसको बुकिङ खुला

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर इन्डियाले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर ई-एक्सेसको बुकिङ खुला गरेको छ ।

कम्पनीले भारतीय बजारमा १ लाख ८८ हजार ४९० भारु (एक्स शोरुम) मूल्य तोकेर सुजुकी ई-एक्सेस स्कुटरको बुकिङ खुलाएको हो ।

सुजुकीको एक्सेस सबैभन्दा लोकप्रिय स्कुटरको रूपमा बजारमा स्थापित मोडल हो । कम्पनीले यसै मोडललाई इलेक्ट्रीक भर्सनमा बजारमा ल्याएको हो ।

कम्पनीले पहिलो पटक ई-एक्सेस स्कुटर भारत मोबिलिटी एक्स्पो २०२५ मा  प्रर्दशन गरेको थियो । सुजुकी ई टेक्नोलोजीमा निर्माण भएको ई-एक्सेस स्कुटरमा ४.१ किलोवाट क्षमताको मोटर प्रयोग गरेको छ । यो मोटरले १५ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ३.०७ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक दिइएको छ । यसले एकपटकको फुलचार्जमा ९५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई जस्तोसुकै टेम्प्रेचर र पानीमा चलाउन सकिने छ ।

यो ब्याट्रीले डीसी फास्ट चार्ज सपोर्ट गर्छ । यसलाई ० देखि ८० प्रतिशत चार्ज गर्न मात्र १ घण्टा १२ मिनेट समय लाग्छ भने ० देखि १०० चार्ज गर्न २ घण्टा १२ मिनेट लाग्छ । यसमा भएको ब्याट्री रिमुभ गर्न भने सकिँदैन् ।

यसको अगाडि टेलिस्कोपिक क्वाइल स्प्रिङ र पछाडि स्वीङ आर्म सस्पेन्सन सेटअप छ । त्यस्तै, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक, अलोय ह्वील र तीन राइड मोड उपलब्ध छ ।

मजबुत, फास्टेस र स्विचेबल की क्वालिटीमा रहेको यस स्कुटरमा  पूरा एलईडी लाइट सेटअप,  डिजिटल कनेक्टेड डिस्प्ले, मेन्टिनेन्स फ्री ड्राइभ बेल्ट र प्यानल ग्याप्स जस्ता फिचर पाउन सकिन्छ ।

यो स्कुटरले भारतीय बजारमा उपलब्ध बजाज चेतक, टीभीएस आइक्यूब र एथर जस्ता इलेक्ट्रीक स्कुटरसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top