२५० सीसी मोटरसाइकलमा यामाहा र सुजुकीको टक्कर, कुन किन्दा बढी फाइदा

काठमाडौं । नेपालमा उपलब्ध २५० सीसी सेग्मेन्टमा यामाहा र सुजुकीको दुई मोटरसाइकल बीच फिचर, मूल्य, पावर र स्टाइलमा निकै ठूलो प्रतिस्पर्धा रहेको छ ।

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्युले बिक्री गर्दै आएको ‘एफजेड २५’ र सुजुकी दुईपाङ्ग्रेको लागि नेपालको आधिकारिक वितरक भीजी सुजुकीले बिक्री गर्ने जिक्सर २५० बीचमा प्रतिस्पर्धा रहेको छ ।

२५० सीसी क्षमता यी दुई नेकेड मोटरसाइकल पावरफुल मोटरसाइकल चाहने युवाहरुको रोजाइमा पर्ने गरेको छ । यस्तोमा यी दुई मोटरसाइकल बीच रहेका तुलनात्मक भिन्नता यस्ता छन् ।

इन्जिन

यामाहा एफजेड २४९ सीसी एयर कुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले २०.८ हर्सपावर तथा २०.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यस्तै सुजुकी जिक्सर २५० मा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड–२५० सीसी इन्जिनले २६ बीएचपी पावर तथा २२.६ एनएम–टर्क उत्पादन गर्छ । साथै, यसमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ । पावरको आधारमा जिक्सर निकै पावरफुल रहेको छ ।

डायमेन्सन

यामाहा एफजेड २५ को लम्वाई २०१५ एमएम, चौडाई ७७० एमएम, उचाई १०७५ एमएम, ह्वीलवेश १३६० एमएम, सिट हाइट ७९५ र ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ ।

यस्तै जिक्सर २५० को लम्वाई २०१० एमएम, चौडाई ८०५ एमएम, उचाई १०३५ एमएम, ह्वीलवेश १३४० एमएम, सिट हाइट ८०० र ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । यी दुईमा यामाहा एफजेडको ह्वीलवेस केही लामो रहेको छ ।

ब्रेकिङ

यी दुबै मोटरसाइकलमा १७ इन्च ट्युवलेस अलोय ह्वील रहेको छ । यसका साथै यी दुबै मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

सस्पेन्सन

यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन रहेको छ । यामाहा एफजेड २५ को रियरमा मोनोक्रस स्वीङ आर्म सस्पेन्सन रहेको छ । यस्तै जिक्सर २५० मा स्वीङ आर्म मोनो सस्पेन्सन रहेको छ ।

यस्तै यी दुबै मोटरसाइकलमा एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ ।

मूल्य

सुजुकी जिक्सर २५० को मूल्य ४ लाख ६३ हजार ९०० रुपैयाँ रहेको छ । यामाहा एफजेड २५ डबल च्यानल एबीएसको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । मूलयका हिसावले एफजेड किफायती रहेको छ ।

यस्तो छ अफर

भीजी सुजुकीले जिक्सर २५० किन्न चाहने ग्राहकलाइ नगद १५ हजार रुपैयाँ छुट दिने अफर सार्वजनिक गरेको छ । ग्राहकले किस्ता, नगद वा एक्सचेन्ज जुन सुकै माध्यममा मोटरसाइकल किन्दा यो अफर लागु हुने जनाएको छ ।

यस्तै एमएडल्ब्युले एफजेड २५ किन्न चाहने ग्राहकलाई शून्य प्रतिशत व्याजदर, ३०/४० प्रतिशत डाउनपेमेन्ट, शून्य प्रतिशत डाउन पेमेन्ट र नगद छुटको सुबिधा ल्याएको छ । ग्राहकले यी मध्य एक स्कीममा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

निष्कर्ष

दुबै मोटरसाइकल राम्रा छन् । सुरक्षाको हिसावले दुबै उत्कृष्ट मोटरसाइकल हुन् । तपाई पावरको हिसावले मोटरसाइकल छनोट गर्नु हुन्छ भने जिक्सर उपयुक्त हुन्छ भने मूल्यका हिसावले यामाहा एफजेड २५ उपयूक्त हुने छ । बजारमा सुजुकीको तुलनामा यामाहाको ब्राण्ड नेम ठूलो रहेको छ ।

यस्तोमा राम्रा दुई मोटरसाइकलको बीचमा छनोट गर्दा तपाईको रोजाई धेरै हदसम्म डिजाइनमा भर पर्नेछ ।


Back_to_top