काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनीले सुजुकीले भारतीय बजारमा नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा स्पोर्टी स्कुटर ल्याउने अनुमान गरिएको छ ।
सुजुकी इन्डियाले हालैमात्र एक ट्वीट मार्फत नयाँ स्कुटर आउने बताएको हो । कम्पनीले जारी गरेको टीजर हेर्दा नयाँ स्कुटर १२५ सीसी सेग्मेन्टको हुनेछ । स्पोर्टी देखिएको उक्त स्कुटरको रियरमा ट्वीन ट्रयाङग्लर एलइडी टेलल्याम्प दिएको छ । जुन झट्ट हेर्दा टीभीएस एनटर्क १२५ सँग मिल्दो देखिन्छ । यसका अलावा यसमा स्प्लीट ग्रयावरेल, सानो वीन्ड स्क्रीन, सार्प फ्रन्ट लुक, एलइडी इन्डिकेटर, डिजिटल क्लस्टर जस्ता फिचर रहेको छ । कम्पनीले यसमा ब्लुटुथ कनेक्ट फिचर तथा अल एलइडी हेडल्याम्प रहने अनुमान रहेको छ ।
यसमा सुजुकी वर्गम्यानको इन्जिन रहेने अनुमान गरिएको छ । वर्गम्यानमा १२४ सीसी सिंगल सिलिन्डर, एफआई इन्जिन रहेको छ । यसले ८.८५ बीएच पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ । डिजाइन हेर्दा यसले टीभीएस एनटर्कसँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

