टाटा नेक्सनको उत्पादन ५० हजार पुग्यो

टाटा मोटर्सले आफ्नो चर्चित कम्प्याक्ट एसयूभी नेक्सनको उत्पादन ५० हजार पुगेको जनाएको छ । केही समय अगाडि भएको क्र्यास टेष्टमा ४ स्टार रेटिङ पाएको यो एसयूभी आफ्नो लुक्स र सेफ्टीको हिसावले निकै पपुलर हुँदै गएको छ । 

कम्पनीले यसलाई करिब १० महिना अगाडि भारतीय बजारमा उतारेको थियो । भारत पछि क्रमिकरुपमा नेपाल, श्रीलंकालगायत देशमा नेक्सनको बिक्री वितरण भइरहेको छ । 

टाटा नेक्सन कारमा १.२ लिटर पेट्रोल र १.५ लिटरमा डिजेल इञ्जिनमा उपलब्ध रहेको छ । यस कारमा ६.५ इञ्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यस कारमा एन्ड्रोईड अटो, एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सन स्टेयरिङ ह्वील र पावर विन्डोजस्ता फिचर दिइएको छ । 

कारमा अन्य फिचरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेल ल्याम्पयुक्त नेक्सनमा १६ इञ्चको एलोई ह्वील, उत्कृष्ट फिटीङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ । 


Back_to_top