मारुती सुजुकी इन्डियाले परीक्षण गरिरहेको ७ सिटर वागेन–आर एम्पीबी मोडलमा निर्माण हुने अनुमान गरिएको छ । नयाँ जेनेरेशनको प्लाटफर्ममा आधारित ७ सिटर वागेन–आर केही वर्ष पहिला सार्वजनिक गरिएको अवधारणा हो ।
जापानी अटो बजारमा सार्वजनिक गरिएको ७ सिटर वागेन–आर लाइटवेट हर्टेक्ट यही प्लाटफर्ममा आधारित मोडल हो ।
जुन अवधारणा स्वीफ्ट, डिजायर बलेनोको अलवा अपकमिङ नेक्स्ट जेनेरेशन इर्टिगामा समेत उपलब्ध छ ।
मारुती सुजुकीका सिनीयर एक्जूकेटिभ डाइरेक्टर सिभी रमन भन्छन्, ‘हामी एमपीभी सेग्मेन्टबारे अध्ययन गरिरहेका छौँ । ग्राहकले सुहाउँदो शुल्कमा ७ सिटर गाडी रुचाउँछन् भने त्यसको लागि ओम्नी र ईको छन् । हामीसँग भीएफएम विशेषताको इर्टिगा उपलब्ध छ । हामीसँग प्रशस्तै उत्पादनहरू छन् ।’
उनको उक्त भनाईले वागेन–आर ७ आगामी दिपावलीमा भारतीय बजारमा सार्वजनिक नहुने सङ्केत देखाएको छ । मासिकरुपमा ईको र ओमनी १५ सय युनिट बिक्री भैरहेको कम्पनीले जनाएको छ । यी दुबै मोडलले भारत सरकारले निर्धारित गरेको सुरक्षासम्बन्धी कानुन अवलम्बन गरेका छैनन् ।
२०१९ को अक्टोम्बरबाट यी दुबै मोडल कम्पनी लाइनअपबाट टुङ्गिनेछन् । कम्पनीले ओम्नी र ईको मोडललाई रिप्लेसमेन्ट गर्ने योजनासहित वागेन–आर ७ सिटर एमपीभी सार्वजनिक तयारी गरेको हो । जसले ७–सिटर ओम्नी र ईको मन पराउने ग्राहकको मागलाई निरन्तरता दिन ठूलो भूमिका निभाउने छ ।

