प्रायःजसो कार चलाउने समयमा अधिकांश मानिसलाई निन्द्रा लाग्ने गर्छ । फलस्वरुप आकस्मिक दुर्घटना हुने गरेको उदाहरण हामीसँग छन् । यसप्रकारको समस्यालाई सुधार्न सिट सेन्सर उत्कृष्ट विकल्प भएको छ ।
आईआईटी मन्द्रासका केही वैज्ञानिक सिट सेन्सर निर्माण गरेका हुन् । कार चलाइरहेको समयमा ड्राइभर निदाएको अवस्थामा अकस्मात् अलार्म बज्ने गर्छ । जसले गर्दा चालकको निद्र खुल्न गई दुर्घटनाबाट बच्न सकिन्छ ।
अलार्मले कसरी गर्छ काम ?
कारमा लगाइएको सिट सेन्सरले ड्राइभरको मनमा चल्ने इलेक्ट्रोमोटिभ क्रियाकलापमाथि नजर राख्ने गर्छ । जसलाई क्यापेसिटिभ इलेक्ट्रोकार्डियोग्राफी भन्ने गरिन्छ । सेन्सरलाई कार्डको सिटभित्र लगाउने गरिन्छ । आईआईटी मद्रासको इञ्जिनियरिङ्ग डिजाइन डिपार्टमेन्टका प्रोफेसर वेकटेश बालासुब्रमण्यमकाअनुसार सेन्सरले मानिसको दिमागमा भैरहेको हरेक गतिविधि जान्ने गर्छ । जसले निदाउन लागेको चालकको अवस्था सहजै अध्ययन गर्न सक्नेछ ।
अत्याधिक सडक दुर्घटना हुने सडक भारत, नेपाललगायतका देशको आँकडा केलाउँदा ड्राइभिङ्गको समयमा निदाउनु पनि दुर्घटनाको कारण बनेको छ । सेन्सरले बढी रहेको सडक दुर्घटनालाई केही हदसम्म कम गर्न मद्दत पुर्याउने वैज्ञानिकहरूको विश्वास छ ।

