काठमाडौं । नेपाली बजारमा रहेका उस्तै मूल्यका तीन कम्प्याक्ट एसयूभी मारुती भिटारा ब्रेजा, फोर्ड ईकोस्पोर्ट र टाटा नेक्सनको बीचमा कडा प्रतिस्पर्धा भइरहेको छ ।
बजारमा उपलब्ध यी तीन एसयूभीबीचको प्रतिस्पर्धा निकै रोचक रहेको छ । यी एसयूभीहरूमा लेगरुम, नयाँ कोठा र हेडरुम स्पेस राखिएको हुन्छ । कुन गाडीमा बढी स्थान हुन्छ भन्नेबारे हामीले यहाँ चर्चा गरेका छौँ ।
टाटा नेक्सन

सिप्रदी ट्रेडिङले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको टाटा नेक्सनको लम्बाई ३३९४ एमएम, चौडाई १८११ एमएम तथा उचाई १६०७ एमएम हुन्छ । यसको ग्राउन्ड क्लियरेन्स २०९ एमएम तथा ह्वीलबेस २४९८ एमएम रहेको छ । त्यस्तै, यसको फ्यूल ट्याङ्क क्यापासीटी ४४ लीटर रहेको छ । यसको नेपाली बजारमा ३४ लाख ९५ हजार देखि ४५ लाख ९० हजारसम्म रहेको छ ।
फोर्ड ईकोस्पोर्ट

गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ फोर्डले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको फोर्ड ईकोस्पोर्टको लम्बाई ३९९८ एमएम, चौडाई १७६५ एमएम तथा उचाई १६४७ एमएम रहेको छ । त्यस्तै, यस गाडीको ह्वीलबेस तीन गाडीहरूमध्ये सबैभन्दा बढी २५१९ एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ भने, फ्यूल ट्याङ्क क्यापासीटी ५२ लिटर रहेको छ । ईकोस्पोर्टको सुरुवाति मूल्य ३५ लाख ९० हजारदेखि टप भेरिएन्टको मूल्य ५० लाख ९० हजार रुपैयाँ रहेको छ ।
भीटारा ब्रेजा

नेपाली बजारमा सिजि मोटोकर्पले बिक्री वितरण गर्दै आएको भीटारा ब्रेजाको लम्बाई ३९९५ एमएम छ । चौडाई १७९० एमएम रहेको यो एसयूभीको उचाई १६४० एमएम छ । यसको ह्वीलबेस २५०० एमएम र ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । त्यसैगरी, यस गाडीको फ्यूल ट्याङ्क क्यापासीटी ४८ लिटर रहेको छ । यसलाई कम्पनीले नेपाली बजारमा ३७ लाख ४९ हजार देखि ४२ लाख २९ हजारसम्म रहेको छ ।
कुन गाडीमा कति स्पेस ?
फ्रन्ट र रियर हेडरुम स्पेसको मामिलामा टाटा नेक्सन फोर्ड ईकोस्पोर्ट र भीटारा ब्रेजाभन्दा अगाडि रहेको छ । नेक्सन गाडीमा एड्जस्टेवल ड्राइभर सिट रहेको छ । यसको डाउनरुम स्पेस बढाउन सकिन्छ । नेक्सनको हेडरुम स्पेस ईकोस्पोर्ट र भीटारा ब्रेजाको तुलनामा क्रमशः १५ एमएम र ३० एमएम बढिरहेको छ ।
भीटारा ब्रेजाको फ्रन्ट हेडरुम ९५०-९९० एमएम, रियर हेडरुम ९५० एमएम र रियर सोल्डर १४०० एमएम रहेको छ ।
नेक्सनको फ्रन्ट हेडरुम ९६५-१०२० एमएम, रियर हेडरुम ९७० एमएम र रियर सोल्डर १३८५ एमएम रहेको छ ।
त्यस्तै, ईकोस्पोर्टको फ्रन्ट हेडरुम ८७५-१००५ एमएम, रियर हेडरुम ९३० एमएम तथा रियर सोल्डर १२२५ एमएम रहेको छ । चौडाईमा भने टाटा नेक्सन यस सेग्मेन्टमा सबैभन्दा अगाडि रहेको छ ।
भीटारा ब्रेजामा फ्रन्ट लेगरुम ८९०-१०६० एमएम, फ्रन्ट डाउनरुम ५७०-७४० एमएम, रियर डाउनरुम ६२५-८६० एमएम रहेको छ ।
नेक्सनको फ्रन्ट लेगरुम ९००-१०५० एमएम, फ्रन्ट डाउनरुम ५८०-७०० एमएम, रियर डाउनरुम ७१५-९०५ एमएम रहेको छ ।
त्यसैगरी, इकोस्पोर्टमा फ्रन्ट लेगरुम ९५५-११०५ एमएम, फ्रन्ट डाउनरुम ६३५-८२५ एमएम र रियर डाउनरुम ५९०-८०० एमएम रहेको छ । फ्रन्ट लेगरुमको मामिलामा फोर्ड ईकोस्पोर्टले बाजी मारेको छ । त्यस्तै, टाटा नेक्सन दोस्रो स्थानमा र भीटारा ब्रेजा तेस्रो स्थानमा रहेको छ ।

