‘रोज गोल्ड’ कलरमा टाटा नेक्सन

भारतको चर्चित अटो निर्माता कम्पनी टाटा मोटर्सले नेक्शानको परिमार्जित संस्करण  रोजगोल्ड एडिशन सार्वजनिक गरेको छ । ओरेन्ज, रेड, ब्लु, सिल्भर, ग्रे र ह्वाइटगरि ६ कलर अप्शनमा बजारमा आएको  नेक्सन पुन: गोल्ड कलरमा निर्माण भएको हो । 

परिवर्तीत  नेक्सनको मुख्य आकर्षण रोज गोल्ड कलर नै हो, यसको अलवा यसमा कुनै परिमार्जन गरिएको छैन । 

 नेक्सनमा एलइडी ल्याम्प्स, डे टाइम रनिङग लाइट, प्रोजेक्टर लेन्स, हेडल्याम्प्स, एलोय ह्वील, हाइट एडस्टेबल ड्राइभर्स सिट, हाइट एडजस्टेबल सिटेबेल्ट लगायतका विशेषता  उपलब्ध छन् । 

यस कम्प्याक्ट एसयुभीमा फ्लोटिङग टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम लगाइएको छ, जसले भ्वाइस कमान्ड, रिभर्स क्यामरा, एन्ड्रोइड अटो, एप्पल कार प्लेलाई सपोर्ट गर्छ ।  पावर स्पेसिफिकेसनको लागि कारमा १.२ लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिन र १.५ लिटर टर्बाेचाज्र्ड डिजेल मोटर इन्जिन लगाइएको छ । दुबै इन्जिनले १०८ बिएचपी पावर उत्पादन गर्छ । 


Back_to_top