बजाजको नयाँ अफर ‘पकेट फुल’, सबले पाउँछन् नगद छुट

काठमाडौं । बजाजले दशै तिहार क्याम्पेन घोषणा गरेको छ । बजाजको लागि नेपालको आधिकारीक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले हरेक वर्ष जस्तै यस वर्षपनि दशैं तिहार क्याम्पेन सार्वजनिक गरेको हो । 

‘पकेट फुल’ नाम दिइएको अफर योजनामा सहभागि मोटरसाइकल खरिदकर्ताले आफ्नो शरिरमा लगाएको लुगामा भएको खल्तिभरी पैसा जित्न सक्ने छन् । करिब ३ महिना चल्ने यो अफर योजनामा हरेक हप्ता लक्की ड्र आयोजना गरेर एक जनालाई विजेता घोषणा गरिने छ । 

नयाँ अफर योजनामा हरेक मोटरसाइकलको खरिदमा एउटा स्क्रयाच कुपन कार्ड पाइने छ र जसअन्तर्गत हातखाली नहुनेगरी ६ हजारदेखि १ लाखसम्म तत्कालै नगद पुरस्कार तथा छुट जित्न सकिने कम्पनीले जनाएको छ ।


Back_to_top