काठमाडौं । नाडा अटो शो २०१८ यही भाद्र २६ गतेदेखि ३१ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा आयोजन हुने भएको छ । यो अटो शोको १३औं संस्करण हो ।
नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१८ को शिर्षप्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको छ ।
सवारीसाधन र अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार—प्रसार र प्रवद्र्धन गर्नु नाडा अटो शोको मुख्य उद्देश्य रहेको बिज्ञपतीमा उल्लेख छ ।
६ दिनसम्म चल्ने नाडा अटो शो २०७५ मा १९ वटा ब्राण्डका ४-पाङग्रे तथा २० वटा ब्राण्डका २–पाङग्रे सवारीसाधनहरू प्रदर्शनिमा राखिने छन् । अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ भने साना ठूला गरि १३४ वटा ब्लक तथा स्टलहरू रहने छन् ।
प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत नेपालमै उत्पादित सामग्रीहरू समेत रहने छन् ।
यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोलाप्रथाद्वारा भाग्यशाली विजेताले कुलप्याड मेगा २.५ डि मोवाइल प्राप्त गर्न सक्ने छन् जसलाई जय माँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजित गरेको छ ।

