टाटा नेक्सन र अल्ट्रोजमा धेरै भाषा सपोर्ट गर्ने ‘भ्वाइस एसिस्टेन्स’

काठमाडौं । टाटा मोटर्सले आफ्नो कार र एसयूभीमा नयाँ भ्वाइस असिस्टेन्स दिने भएको छ । कम्पनीले अंग्रेजीको अलवा स्थानीय भाषा सपोर्ट गर्नेगरि नयाँ भ्वाइस एसिस्टेन्स दिन लागेको हो ।

कोलकता बेस स्टार्टअप कम्पनी मिहप कम्यूनीकेसन र हर्मन इन्टरनेसनलको संयुक्त प्रयासमा बनाएको नयाँँ भ्वाइस असिस्ट टेक्नलोजीमा भारतका स्थानीय भाषामा पनि गाडीसँग कुरा गर्न सकिने छ ।

यसमा अनलाइन, अफलाइन र हाइब्रिड कनेक्टीभीटी अप्सन रहने छ । यस टेक्नोलोजीले हिन्दी तथा अंग्रेजीको साथै तमिल र बंगाली भाषा पनि सपोर्ट गर्ने जनाइएको छ ।

टाटाले सन् २०२२ सम्ममा भारतीय प्रमुख सबै भाषाहरु यसले बुझ्ने जनाएको छ । कम्पनीका अनुसार सन् २०२२ सम्ममा ९५ प्रतिशत ग्राहकहरुले यो सेवा प्रयोग गर्नेछन् । त्यति वेलासम्ममा नेपाली भाषामा पनि कमान्ड दिन सक्ने अनुमान गरिएको छ ।


Back_to_top