काठमाडौं । कोभिड १९ ले विश्वव्यापी संकट सृजना गरेको छ । नेपालमा विगत १ महिनादेखि विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाको कारण अहिले सबै सवारी साधनहरु घरमै थन्किरहेका छन् ।
तर, अत्यावस्यक सेवामा खटिएका सवारी साधनहरु निरन्तर गुढिरहेका छन् । यसरी अत्यावस्यक सेवामा खटिएका सवारी साधन विग्रीएमा त्यसलाई तानेर सर्भिस सेन्टरसम्म लान टोइङ नेपालले सहयोग गर्ने भएको छ ।
कम्पनीले विरामी बोक्ने एम्बुलेन्सको हकमा भने चौविसै घण्टा फ्रि सर्भिस दिने घोषणा गरेको छ । कम्पनीले कुनै पनि एम्बुलेन्स इलेक्ट्रीक वा मेकानीकल पाट्र्समा समस्या आई बाटोमा विग्रिएमा सित्तैमा टोइङ गरेर सम्बन्धित सर्भिस सेन्टरमा पूर्याइदिने जनाएको छ ।
साथै, कम्पनीले डक्टरहरुको गाडी बिग्रिएमा पनि टोइङ गर्दा लाग्ने खर्चमा २० प्रतिशत छुट दिने जनाएको छ ।

