नयाँ नेक्सन ईभीको भारतमा ‘वेटिङ पिरियड’ तीन महिना, कहिले आउँछ नेपाल ?

काठमाडौं । टाटा मोटर्सले जीपट्रोन प्रविधिको दोस्रो जेनेरेशनमा आधारित रहेर बजारमा ल्याएको नेक्सन ईभी फेसलिफ्टको बुकिङ निकै राम्रो भएको छ । ग्राहकको रोजाईमा धेरै परेको भन्दै कम्पनीले बुकिङको आधारमा यसको वेटिङ पिरियड जारी गरेको हो ।

टाटा मोटर्सले जारी गरेको वेटिङ पिरियडमा भेरियन्ट अनुसार ६ सातादेखि १० सातासम्म गाडी पाउन ग्राहकले कुर्नु पर्ने देखिएको छ । यसमा सबैभन्दा बढी इन्ट्री कम मूल्यको क्रियटीभ प्लस भेरियन्ट लिने ग्राहकले कुर्नु पर्ने हुन्छ ।

भारतमा उच्च माग बनाएको टाटा नेक्सन ईभी नेपालको सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी हो । उच्च ग्राउन्ड क्लियरेन्स र ट्रेन्डी डिजाइनको कारण नेक्सन ईभी नेपालमा राम्रो बिक्री भएको थियो ।

भारतमा नयाँ नेक्सन ईभी बिक्री सुरु भएसँगै नेपालमा पनि कहिले आउँछ भन्ने धेरैले जिज्ञासा राख्न थालेका छन् । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले तत्काल नयाँ फेसलिफ्ट नेक्सन नेपाल ल्याउने छैन । कम्पनीले अझै ४–५ महिना नयाँ नेक्सन नेपाल ल्याउने छैन ।

सिप्रदीले चाँडोमा फेब्रुअरी २०२४ मा मात्रै नेक्सन ईभी फेसलिफ्ट नेपाल ल्याउने छ । कम्पनीले आगामी दशैं तिहारसम्म अहिलेकै नेक्सन ईभी मोडल बिक्री गर्नेछ ।

यस्तो छ नयाँ फेसलिफ्ट नेक्सन ईभी

फेसलिफ्ट मोडल ल्याएसँगै टाटाले नेक्सन ईभीको भेरियन्टको नाम पनि परिवर्तन गरेर क्रियटिभ, फियरलेस, इम्पावर्ड राखेको छ । साथै, यसअघि प्राइम र म्याक्समा आउने नेक्सन अब मिड रेन्ज र लङ रेन्ज नामबाट आउने छ ।

नयाँ नेक्सन ईभीको एक्टेरियर कर्भ कन्सेप्टबाट प्रेरित छ । यसको सम्पूर्ण बडी डिजाइनमा परिवर्तन गरिएको छ । अगाडि हुडको वारपार नै एलइडी लाइटबार दिएर अगाडिको फेसिया आक्रमक बनाएको छ ।

फ्यूचरिस्टीक डिजाइनबाट प्रेरित नयाँ नेक्सन ईभीमा स्प्लीट हेडल्याम्प क्लस्टर, ट्रापेजोडिया हाउजिङ, यूनिक देखिने लोअर ग्रिल सेक्सनका साथै भर्टिकल स्लाटले निकै उत्कृष्ट लुक्स प्रदान गरेको छ ।

प्रोमिनेन्ट प्लास्टीक बार, नयाँ डिजाइनको अलोय ह्वील, रिभाइज्ड फ्रन्ट बम्पर, वाई प्याटनको फुल विथ भएको टेलल्याम्प, हिडन रियर वाइपर, रुफ माउन्टेड स्पोइलर, नयाँ डिजाइनको रियर बम्पर जस्ता फिचरले यसलाई निकै आकर्षक देखाएको छ ।

यसको इन्टेरियर पनि पूर्ण नयाँ रहेको छ । कार्वन फाइबर जस्तो टेक्सचर, सफ्ट टच ड्यासबोर्ड, १२.३ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, कस्टुमाइज १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, इनुमीनेटेड लोगो सहितको नयाँ टुस्पोक स्टेरिङ ह्वीलले नेक्सनमा ब्यापक परिमार्जन भएको देखाउँछ ।

कम्पनीले यसको ब्याट्री र मोटरमा भने परिवर्तन गरेको छैन । यसको मिड रेन्ज मोडलमा ३० किलोवाट आवर र लङ रेन्ज मोडलमा ४०.५ किलोवाट आवरको ब्याट्री दिइएको छ । मोटर साइज पनि पुरानै हो ।

नयाँ नेक्सन ईभीमा सुरक्षाका लागि ६ वटा एयरव्याग, फ्रन्ट पार्किङ सेन्सर, थ्री पोइन्ट सिटबेल्ट, आइएसओ फिक्स एङ्कर, चारै चक्कामा डिस ब्रेक, एचडीसी, एचएसी, इमर्जेन्सी कल असिस्ट जस्ता फिचर छन् ।

टाटा पहिलो पटक नेक्सनमा भीटूएल र भीटुभी फिचर दिएको छ । यसको इलेक्ट्रीक मोटर पनि पहिलाको भन्दा कम तौलको छ । त्यसले रेन्ज बढ्ने कम्पनीको दावी छ ।


Back_to_top