काठमाडौं । सप्तान्हमा घुम्ने चलन बढ्दो छ । हप्ताभरको कामले थकित शरिर काठमाडौं नजिकैको कुनै डाँडामा मोटरसाइकल राइडिङमा गएर विताउने र रमाइलो गर्नेहरु बढिरहेका छन् ।
अझै हाम्रो जस्तो अफरोड कारहरु महंगो भएको र उपत्यका वरपरका डाँडाहरु मनमोहक भएकै कारण धेरै ठाउँमा जान मोटरसाइकल प्रयोग गर्नु पर्ने बाध्यता छ ।
हप्तामा ६ दिन अफिस आउन जान प्रयोग गर्ने र छुट्टिमा राइड गएर रमाइलो गर्न चाहनेको लागि बजारमा विभिन्न कम्पनीले उपयुक्त मोडलहरु ल्याएका छन् ।
यस्ता मोटरसाइकलहरु ग्राहकले आफ्नो बजेट र आवश्यकता अनुसार ५ लाखदेखि १० लाख रुपैयाँसम्ममा खरिद गर्न सक्ने छन् । यदि तपाई पनि ५ देखि १० लाख सम्म मूल्य पर्ने अनरोड र अफरोड दुबैको लागि उपयुक्त मोटरसाइकलको खोजीमा हुनुहुन्छ भने हामीले ३ उत्कृष्ट विकल्प यहाँ प्रस्तुत गरेका छौं ।
यज्दी स्क्रयाम्वलर
स्क्रयाम्वलर मोटरसाइकल नेपालमा खासै रुचाइएको सेग्मेन्ट होइन भन्दा फरक नपर्ला । यो सेग्मेन्टमा हालै मात्र प्रिमियम ब्रान्ड यज्दीले स्क्रयाम्वलर मोटरसाइकल सार्वजनिक गरेको छ ।
यज्दी स्क्रयाम्वलर मोटरसाइकलमा अनरोड तथा अफरोड दुबैमा पर्फमेन्स गर्न सक्ने मोटरसाइकल हो । येज्दी स्क्रयाम्वलरमा लगातार लामो अफरोडिङ गर्न उपयुक्त नभएपनि काठमाडौं नजिकैको लोकेशनमा जान भने यसको क्षमता पर्याप्त हुन्छ ।
यसमा लामो ट्राभल सस्पेन्सन तथा हाई ग्राउन्ड क्लियरेन्स दिइएको हुन्छ । बिशेषत यस्ता मोटरसाइकलको सिट सिधा रहेका हुन्छ भने यसको ह्याण्डलबार केही माथि तीर गएको हुन्छ ।

यसको अगाडि १९ इन्च र पछाडि १७ इन्चको अनरोड तथा अफरोड दुवैका लागि उपयुक्त टायर प्रयोग भएको स्क्रयाम्वलर मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ ।
यो मोटरसाइकलको फ्रन्टमा ४१ एमएम लामो टेलिस्कोपिक सस्पेन्सन र रियरमा ट्वीन सक एब्जर्भर एडजष्टएबल प्री लोलेड सस्पेन्सन पाउन सकिन्छ ।
यज्दी स्क्रयाम्वलर ३३४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २८ बीएस पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । अग्नी मोटोइंकले विक्र गर्ने यज्दी एड्भेन्चर ९ लाख ४८ हजार तिरेर किन्न सकिन्छ ।
स्क्रयाम ४११
रोयल इनफिल्डको स्क्रयामा ४११ मोटरसाइकल क्रसओभर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यो मोटरसाइकल हिमालयन एड्भेन्चरबाट प्रेरित मोटरसाइकल हो । यसको क्रसओभर डिजाइन सहरी क्षेत्र तथा अफरोडमा दुबैमा यसलाई चलाउन सकिन्छ ।

स्क्रयाम ४११ को तौल १८५ किलोग्राम रहेको छ यसलाई हामीले अफरोडमा चलाउँदा भारी महशुस हुँदैन ।
यसको ह्यान्डलिङ एकदमै कम्र्फट र सिट हाइट लो पोजिशन र ह्यान्डलबार केही अपराइट छ । यसले अफरोड राइड गर्दा एकदमै कम्र्फट महशुस गराउँछ ।
एड्भेन्चर बडी ल्याङ्ग्वेजमा रहेको यो मोटरसाइकलको फ्रन्टमा १९० एमएम ट्राभल क्षमताको ४१ एमएम टेलिस्कोपिक सस्पेन्नस छ । यो ट्राभल सस्पेन्सनले बम्पी रोडमा सहज राइडका एकदमै सहयोग पुर्याउँछ ।
स्पोक ह्वील रहकोे स्क्रयाम ४११ को फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको वाइडर टायर दिएको छ । यो अफरोड अनरोड दुबैका लागि उपयोगि रहेको छ । यो मोटरसाइकल अल्फा अटोमोटिभले ६ लाख ६० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।
जोन्टेस १५५
जोन्टेसले नौलो सेग्मेन्टमा मोटरसाइकल नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले एड्भेन्चर टुररका साथै एड्भेन्चर मोर्टाड सेग्मेन्टका मोटरसाइकल नेपालमा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले १५५ सीसीको पावरफुल मोटरसाइकल जीटी १५५ यू ५ लाख ३९ हजारमा विक्री गर्दै आएको छ ।
यो मोटरसाइकलको डिजाइन एड्भेन्चर मोटरसाइकलबाट प्रेरित छ भने लाइट वेट एग्रेशिभ लुक भएको यो मोटरसाइकल अनरोड तथा अफरोड दुबैमा उत्तिकै सहज रुपमा चलाउन सकिन्छ ।

जीटी १५५ एभेन्चर मोटार्ड डिजाइनको मोटरसाइकलमा ९ भन्दा धेरै फिचर १५५ सीसी सेग्मेन्टमा नै पहिलो रहेको छ । यो मोटरसाइकल पुर्णतया कि–लेस रहेको छ ।
यो मोटरसाइकलमा एन्टि हिटेड अन्डर बेली एक्जष्ट, आल्मुनियम स्वीङ आर्म, यूएसडी फर्क, फास्ट चार्जिङ यूएसवी पोर्ट, डबल एलइडी हेडल्याम्प, एलइडी डिआरएल छन् ।
अनरोड तथा अफरोड दुबैलाई सुहाउँदो स्पोक ह्वील भएको यो मोटरसाइकलमा यूरो ५ मापदण्डका लिक्विड कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले १९.०३ पीएस पावर र १६ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर एसिस्ट क्लच उपलब्ध छ । साथै, २१५ एमएमको ग्राउन्ड क्लियरेन्सले यसलाई अफरोड मैत्री बनाएको छ ।

