यूरोप र एशियामा एक साथ हुन्डाईको सबैभन्दा सस्तो ईभी परिक्षण हुँदै

काठमाडौं । कोरियन कार निर्माता हुन्डाई मोटर्सले इन्ट्री लेभल इलेक्ट्रीक कार परिक्षण गरिरहेको तस्विर बाहिर आएको छ । कम्पनीले ल्याउने माइक्रो एसयूभी हुन्डाई क्यास्परमा रहने तस्विरहरुबाट सहजै अनुमान लगाउन सकिन्छ ।

कोरियन बजारमा बिक्री हुँदै आएको माइक्रो एसयूभी क्यास्परको इलेक्ट्रीक भर्सन युरोपका विभिन्न भागमा परिक्षण गरिरहेको तस्बिर बाहिर आएको हो । कम्पनीले यसको भारतीय भर्सन पनि परिक्षण गरिरहेको तस्विर यसअघि नै बाहिर आएको थियो ।

क्यास्पर इलेक्ट्रीक

भारतमा एक्सटर नामबाट बिक्री हुँदै आएको माइक्रो एसयूभीमा आधारित इलेक्ट्रीक एसयूभी र कोरियामा क्यास्पर नामबाट बिक्री गर्दै आएको दुबै मोडल परिक्षणमा देखिएको हो ।

तस्बिरमा देखिए अनुसार हुन्डाईको माइक्रो एसयूभीमा कोना इलेक्ट्रीकमा जस्तै चार्जिङ पोर्ट फ्रन्ट साइडमा रहेको छ ।

यूरोपबाट कम्पनीले इलेक्ट्रीक माइक्रो एसयूभीको बिक्री सुरु गर्ने छ । भारतीय बजारमा भने टाटा मोटर्सले लन्च गर्न लागेको टाटा पन्च ईभी र सिट्रोन ई–सीथ्रीसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।

एक्सटर इलेक्ट्रीक

हुन्डाईको माइक्रो एसयूभीमा २५ देखि ३० किलोवाट आवरको ब्याट्री प्याक रहने अनुमान गरिएको छ । कम्पनीले यसको आधिकारीक बिबरण भने अझै बाहिर ल्याएको छैन । सन् २०२४ को मध्येबाट यसको बिक्री वितरण सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top