आज दिनभर सित्तैमा ट्याक्सी चढ्न पाइने, यसरी लिनुहोस् सुविधा

काठमाडौं । राइडिङ सेयरिङ सेवा प्रदायक ट्याक्सीमाण्डुले आज (मंगलबार) दिनभर निःशुल्क ट्याक्सी सेवा प्रदान गर्ने भएको छ ।

यातायात मजदुरले विभिन्न १० बुँदे माग राख्दै मंगलबार सार्वजनिक यातायात बन्दको घोषणा गरेपछि यात्रुको सुविधालाई ध्यानमा राख्दै ट्याक्सीमाण्डुले निःशुल्क सेवा दिने भएको छ ।

आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निस्शुल्क सेवा सञ्चालनमा ल्याइएको ट्याक्सीमाण्डुले जनाएको छ । यद्यपि, सरकारसँगको वार्ता सकारात्मक भएपछि मजदुरहरुले बन्दको कार्यक्रम फिर्ता लिइसकेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा आज एक दिन निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

निस्शुल्क सेवा प्रयोग गर्न NEPALRIDE प्रोमो कोड प्रयोग गर्नुपर्ने ट्याक्सीमाण्डुले जनाएको छ । ट्याक्सीमाण्डु सम्पूर्ण रूपमा स्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप हो ।


Back_to_top