काठमाडौं । हालैमात्र १२ करोड ५० लाख नेपाली रुपैयाँ बराबरमा १३५ वर्ष पुरानो मोटरसाइकल विक्री भएको छ । लिलामीमा मार्फत १३५ वर्ष पुरानो हार्ले मोटरसाइकल रकेर्ड मूल्यमा विक्री भएको हो ।
सन् १९०८ मा निर्माण भएको अमेरिकी ब्राण्ड हार्ले डेभिडसन मोटरसाइकल १२ करोड १५ लाख ५० हजार मूल्यमा विक्री भएर अहिलेसम्मको महँगो मोटरसाइकल लिलाम बनेको छ ।
भिन्टेज मोटरसाइकल विक्री गर्ने वेबसाइट भिन्टेजेन्टले २८ जनवरीमा अमेरिकाको लस भेगसमा यो लिलामी भएको सूचना फेसबुकमार्फत दिएको हो ।
फक्स बिज्नेसको रिपोर्ट अनुसार यो मोटरसाइकलको नाम स्ट्राप ट्याकं दिइएको थियो । यसको टेल र इन्धन ट्याकंको निकेल प्लेटेड स्टील स्ट्रेपको साथमा र्फेमसँग जोडिएको थियो ।
लिलामीमा मोटरसाइकल डिभिजन म्यानेजर गे्रग अर्नोल्ड भन्छन् हामीले बाइकको राम्रो मार्केटिङ गरेका थियौं । हार्ले अहिले सम्मको सबैभन्दा प्रसिद्ध अमेरिकी मोटरसाइकल ब्राण्ड रहेकोले गर्दा लिलामीमा राम्रो प्रदर्शन गरेको र सोचेभन्दा धेरै बढी मूल्यमा विक्री भएको उनले बताएका छन् ।

अर्नोल्डका अनुसार हार्लेको यो मोटरसाइकल विस्कान्सिनको खलिहानमा डेबिड उहलिन नाम गरेको व्यक्तिसँग थियो । उनले सन् १९४१ बाट ६६ वर्षसम्म आफूसँगै राखेको फक्स बिज्नेस को रिपोर्टमा लेखिएकोे थियो ।
त्यसैगरी, मर्निङ एक्सप्रेसको अनुसार १९०८ मा हार्लेले ४५० यूनिट मोटरसाइकल उत्पादन गरेको थियोे । १९०८ मा उत्पादन भएका ४५० मोटरसाइकलमा अहिले १० देखि १२ यूनिट मात्र मोटरसाइकल बाँकी रहेको अनुमान छ । यसअघि सबैभन्दा महंगो मोटरसाइकल लिलामीको रुपमा स्ट्राप ट्याक नै रहेको थियो भने ७ लाख १५ हजार अमेरिकी डलरमा लिलामी भएको थियो ।

