एजेन्सी । विश्व प्रसिद्ध इलेक्ट्रीक भेहिकल उत्पादक कम्पनी टेस्लाले ‘साइवर क्वाड’ सार्वजनिक गरेकोे छ । कम्पनीले सार्वजनिक गरेको साइवर क्वाड ‘अल टेरियन भेहिकल’ (एटीभी) हो ।
कम्पनीले उत्पादन गरेको साइवर क्वाड एटीभी (अल टेरान भेहिकल) बालबालिकाहरुको प्रयोगका लागि बनाइएको टेस्लाले जनाएको छ ।
टेस्ला साइवर क्वाडको मूल्य १ हजार ६७० डलर निर्धारण गरिएको छ । यसको टप स्पीड ८ किलोमिटर प्रतिघन्टा रहेको छ । यसलाई एकपटकको फुल चार्जमा १३ किलोमिटरसम्म गुडाउन सकिन्छ ।
चिनियाँ बजारमा सार्वजनिक गरिएको यो साइवर क्वाड टेस्लाको आधिकारिक वेभसाइटमार्फत खरिद गर्न सकिन्छ । उक्त साइवर क्वाड ८ देखि १२ वर्ष समुहका बालकालिकाहरुका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ ।
सन् २०१९ मा साइवर ट्रक सार्वजनिक गर्ने कार्यक्रममा कम्पनीले साइवर क्वाड उत्पादन गर्ने बताएको थियो । २०२१ मा कम्पनीले साइवर क्वाड उत्पादन गरेर अमेरिकी बजारमा १ हजार ९०० डलर तोकेर सार्वजनिक गरेको थियो ।
त्यसको एक वर्षपछि बिक्री भएका साइवर क्वाडमा समस्या भएको भन्दै रिकल गरेको थियो ।

