तीन महिनामा ७० करोड ९६ लाख डलर गुमाएको टेस्लाको यस्तो छ भाबी प्लान

काठमाडौं । विश्वभर विद्युतीय सवारी चर्चामात्र चलिरहेको छैन नयाँदेखि पुराना सवारी उत्पादक कम्पनीसम्मले विद्युतीय सवारी सार्वजनिक गर्ने होड नै चलेको छ । विश्वका सहरहरुमा हुने अटो शोहरुमा कम्पनीहरुबीच विद्युतीय कार उत्पादन तथा कन्सेप्ट सार्वजनिकमा तीब्र प्रतिस्पर्धा हुने गरेको छ । हरेक अटो शोमा दर्जनौं विद्युतीय सवारी सार्वजनिक हुने गरेको छ ।

तर यस्तो अवस्थामा अमेरिकी विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाले भने अर्बौं डलर घाटा बेहोर्नु परेको छ । मार्च ३१ मा अन्त्य भएको आर्थिक वर्ष २०१८ को फस्ट क्वाटरमा टेस्लाले हालसम्मकै धेरै ७० करोड ९६ लाख डलर घाटा बेहोरेको छ । गत वर्षको फस्ट क्वाटरमा टेस्लाले ३३ करोड ३ लाख डलर गुमाएको थियो ।

टेस्लाले अपेक्षा गरे अनुरुप मोडल थ्रीबाट रेभिन्यू संकलन गर्न सकेको छैन । तथापी कम्पनीले मोडल थ्रीको एसेम्बलमा लगानी विस्तार गरि नै रहेको छ । त्यस्तै टेस्लाले नयाँ उपादनका लागि लगानी विस्तारको योजनामा पनि बनाइ रहेको छ । 

टेस्लाले नयाँ उत्पादनका रुपमा क्रसओभर मोडल वाइ बजारमा ल्याउने तयारी गरेको छ । यसका साथै टेस्लाले टेस्ला सेमी र रोडस्टार केही महिनामै बजारमा ल्याउँदै छ ।

नयाँ उत्पादन बजारमा आउँदा र त्यस पूर्व पनि मोडल थ्रीको उत्पादन वृद्धि भएपछि टेस्लाको घाटा कम हुने अपेक्षा गरिएको छ ।


Back_to_top