टेस्लाको तेस्रो कार ‘मोडल वाई’ मार्च १४ मा सार्वजनिक हुने

अमेरिकन कार उत्पादक कम्पनी टेस्लाका सिइओ इलोन मस्कले कम्पनीको नयाँ इलेक्ट्रीक एसयुभी मोडल वाइ बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । 

मार्च १४ मा लस एन्जेलस डिजाइन स्टुडियोमा आफ्नो इलेक्ट्रीक क्रशओभर डेब्यु गर्ने भएको इलोनले बताएका हुन । सन् २००३ मा स्थापना भएको टेस्ला कम्पनीको यो तेस्रो इलेक्ट्रीक कार हो । 

मस्ककाअनुसार मोडल वाई कम्पनीको निक्कै चर्चित इलेक्ट्रीक कार मोडल थ्रीभन्दा १० प्रतिशत ठूलो रहेको छ । यसमा फल्कन विंग डोरको सट्टा नर्मल डोर दिइएको छ । यो इलेक्ट्रीक एसयुभीको ७५ प्रतिशत पार्ट मोडल ३ बाट लिइएको जनाइएको छ । 

कम्पनीले अहिलेसम्म यसको मूल्य र स्पेशिफिकेशनबारे कुनै जानकारी दिएको छैन । 


Back_to_top