रेनोले २०२० को अप्रिलबाट अपग्रेटेड एसयुभी डस्टरको भारतीय र नेपाली बजारमा बिक्री वितरण सुरु गर्ने तयारी गरेको छ । रेनोको न्यु डस्टरको कोडनेम (एचजेडी) राखिएको छ, जसलाई कम्पनीले भारतमा लागु हुने नयाँ प्रदुषण मापदन्ड बिएस–६ अनुसार निर्माण गरिरहेको छ ।
अहिलेको डस्टरको तुलनामा नयाँ डस्टरमा थुप्रै सुरक्षा फिचरहरु थपिने छ भने अहिले युरोपियन बजारमा रहेको डस्टर सरहनै यो सुरक्षीत हुनेछ ।
यसमा हायर बोनेट लगाइएको छ भने, न्यु बम्पर, रि स्टाइल ग्रिल, अहिलेकै जस्तो हेडलाइट, एलइडी डेटाइम रनिङ्ग लाइट लगायतका विशेषता दिइने जनाइएको छ । यसको टप भेरियन्टमा सनरुफको विशेषता समेत उपलब्ध हुनेछ ।
कम्पनीले अहिलेको रेनो डस्टरमा १.५ के लिटर के ९ के डिजेल इन्जिन लगाइएको छ । जसले, ८५ बिएचपी पावरका उत्पादन गर्छ । यसलाई कम्पनीले परिवर्तन गर्ने भएको छ । कम्पनीले अल न्यू डस्टरलाई पेट्रोल भर्सनमा समेत ल्याउने भएको छ । कम्पनीले अहिल्यै कुन र कति पावरको इन्जिन दिइएको छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।
यद्यपी डिजेल इन्जिनमा ६ स्पीड म्यानुअलसँगै एएमटी र पेट्रोलमा पाँच स्पीड म्यानुअल र सिभीटी गियरबक्स दिने कुरा भने जनाएको छ ।


