विश्वकै पावरफुल कार सार्वजनिक, यो इलेक्ट्रीक हो !

इटालियन डिजाइन हाउस पीनन्फेरिनाले इलेक्ट्रीक हाइपर–कार बाटिस्टालाई जेनेभा मोटर शोमा शोकेस गरेको छ । पीनन्फेरिना भारतीय अटो कम्पनी महिन्द्राको ७६ प्रतिशतको हिस्सा रहेको कम्पनी हो । जम्मा १५० यूनिट मात्र निर्माण गरिने यो कारको मूल्य भने करिब २० लाख अमेरिकी डलर पर्ने जनाईएको छ ।

यो कारले ० बाट १०० किलोमिटरको स्पीड मात्र २ सेकेन्डमा भेट्टाउने छ भने २०० किलोमिटरको गति भेटाउन मात्र १२ सेकेन्ड लाग्ने छ । यसको सबैभन्दा अधिकतम गति ४०२ किलोमिटर प्रति घण्टा रहेको छ । यो कारलाई एक पटकको फुल चार्जमा ४५० किलोमिटरसम्म गुडाउन सकिनेछ । 

यस कारको पावर १९०० बीएचपी रहेको छ जुन फर्मूला वान रेस कारको भन्दा दुई गुना ज्यादा हो । लिजेन्डरी डिजाइनीङ्ग हाउस पीनन्फेरिनाले उत्पादन गरेको यो पहिलो कारसमेत हो । 


Back_to_top