निशान मोटर्सका पूर्वअध्यक्ष कार्लोस गाेसनलाई एक अर्व जापानी येन(८९ लाख डलर) धरौति राखि जेलबाट रिहा हुन बाटो खुलेको छ । जापानी मिडिया जापान टाइम्सका अनुसार ६५ वर्षे गाेसनलाई आज मंगलवार पक्राउ परेको १०७ दिनपछि रिहाको बाटो खुलेको हो ।
आर्थिक अनियमित्ताको आरोपमा जापानमा पक्राउ परेका रेनो–निशान–मित्सुविसी मर्जर कमिटिका संयोजकसमेत रहेका उनले अहिले पनि आफुले कुनै अनियमित्ता नगरेको दावी गर्दै आएका छन् ।
यसअघि दुई पटकसम्म आफुलाई धरौटीमा छाड्न माग गर्दै आएका उनको मागलाई अदालतले अस्विकार गरेको थियो । केही दिन अगाडि ब्राजिलियन कानुनी टिमले गरेको मागमाथी सुनुवाई गर्दै उनलाई जमानतमा छाड्ने भएको हो ।
तर, अभियोग कर्ताहरुले घोसनलाई छाड्न नहुने र उनलाई भिडियो निगरानीमा राख्नसमेत माग गरेका थिए । अबको केही दिनमा धरौटी वापतको रकम जम्मा गरेर कानुनी प्रकृया पुरागरी गाेसन जेल मुक्त हुने छन् ।


