दिगो ई-स्टप कुरिनटारमा खुल्यो केएफसीको नयाँ आउटलेट, २५% छुट पाइने

काठमाडौं । दिगो ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत संचालित दिगो ई-स्टप कुरिनटारमा विश्वप्रसिद्ध फास्टफुड रेस्टुरेन्ट चेन केएफसिको नयाँ आउटलेट संचालनमा आएको छ ।

पृथ्वी राजमार्ग अन्र्तगत काठमाडौं-मुग्लिन सडकखण्डमा यात्रा गर्ने यात्रु तथा स्थानीय बासिन्दालाई लक्षित गरी उक्त आउटलेट संचालनमा ल्याइएको हो ।

यस आउटलेटले भोजन, विश्राम र सुविधालाई एउटै स्थानमा उपलब्ध गराउने उद्देश्य लिएको छ । अब यात्रुहरूले सवारीसाधन चार्ज गर्दै विश्वस्तरीय केएफसीको स्वाद लिन सक्नेछन् ।

उद्घाटन अवसरमा सीमित समयका लागि ग्राहकलाई २५ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ ।

दिगो ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप सीईओ सौभ श्रेष्ठले दिगो ई-स्टप यात्रु केन्द्रित, दिगो र गुणस्तरीय सेवा प्रदान गर्ने अवधारणामा अघि बढिरहेको बताए ।

उनका अनुसार केएफसीको आगमनसँगै यात्रुहरूलाई सुविधा, विकल्प र अन्तर्राष्ट्रिय स्तरको स्वाद एउटै गन्तव्यमा उपलब्ध गराउने लक्ष्य थप मजबुत भएको छ ।

ईभी फास्ट चार्जिङ सुविधा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण, विश्रामस्थल तथा गुणस्तरीय भोजन सेवासहित दिगो ई-स्टपकुरिनटार दिगो यात्रा र आधुनिक जीवनशैली अनुभवको केन्द्रका रूपमा विकास हुँदै गएको छ ।


Back_to_top