तथ्यांकमा एसयुभी बिक्रीः हुन्डाई क्रेटा र मारुति ब्रेजाबीच कडा प्रतिस्पर्धा, टाटा नेक्सन कहाँ ?

काठमाडौं । सवारी बजारमा स्पोर्टस युटिलिटी भेइकल (एसयुभी) कै धेरै चर्चा हुने गरेको छ । पछिल्ला वर्षहरु गाडी उत्पादक कम्पनीले पनि एसयुभी सेगमेन्टका सावरीसाधन निर्माणमा आफुलार्य केन्द्रित गरेका छन् । 

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम) का अनुसार भारतीय बजारमा २०१८ को अप्रिलमा एसयुभीको बिक्री ११.९२ प्रतिशतले बढेर रेकर्ड बनेको छ । 

एसआइएएमको तथ्यांकअनुसार २०१८ को अप्रिलमा ७९ हजार १ सय ३६ वटा एसयुभी बिक्री भएकोमा गत वर्षको सोही अवधिमा ७० हजार ७ सय ६ वटा मात्र बिक्री भएको थियो । 

अप्रिल महिनासम्मको तथ्याङक अनुसार मारुति सुजुकीले भिटारा ब्रेजा सबैभन्दा बढि १० हजार ८ सय १८ युनिट बिक्री गरेको छ भने, दोस्रो स्थानमा रहेको हुन्डाई क्रेटा ९ हजार ३ सय ९० युनिट बिक्री भएको छ ।

भारतीय बजारमा मारुतिको बजार हिस्सा झण्डै ५० प्रतिशतको हाराहारीमा रहेको छ भने, हुन्डाईको करिब २० प्रतिशत हाराहारीमा रहेको छ । यस्तोमा हुन्डाई क्रेटाले ब्रेजालाई कडा प्रतिस्पर्धा दिइरहेको छ । 

यही समूहमा रहेका टाटा नेक्सन, महेन्द्राको स्कोर्पियो र फोर्ड इको स्पोट क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा रहेको छ । उनिहरुले क्रमश ४ हजार ७१७, ४ हजार ३५७ र ४ हजार १२८ युनिट कार बिक्री गरेका छन् ।  

नेपाली बजारमा समेत यी हुन्डाइको क्रेटा, मारुतीको ब्रेजा, टाटाको नेक्सन, महिन्द्राको स्कोर्पियो र फोर्डको इकोस्पोर्ट सबै एसयुभी उपलब्ध छन् । 


Back_to_top