काठमाडौं । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरी उनिहरुलाई शाहसिक यात्राकाृलागि सगरमाथा बेसक्याम्प पठाएको छ ।
बजाजको नेपालको लागि आधिकारीक वितरक एचएच बजाजले डोमिनार ४००का छनोट भएका ११ जनालाई डरलाग्दो र शाहसी यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने अवसर प्रदान गरेको छ । यो यात्रा आज २० मेबाट सुरु भएर ३० मे २०१८सम्म चल्नेछ ।
चालकहरुकोलागि राइडरुट काठमाडौंबाट सुरु भएर केरुङ, धनगिरि, साइगेट, लाशा, यमडोर्क, ग्यान्र्टस, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा बोल्दै भने ‘साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेसक्याम्पसम्मका यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यो सहभागीहरुका लागि एभरेष्ट वेस क्याम्पसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने अवसर थियो ।
डोमिनार–मोटोग्राफीले नेपाल र चीन बीच रोमाञ्चकता, नदेखिएका र चर्चामा नआएका दुबै देशका अलौकिक स्थानका मनमोहक दृश्यावलीहरुलाई उजागर गरिदिने छ । हामीलाई विश्वास डोमिनार बाइकका चालकहरु सँधैं कौतुहलता र साहसिक यात्रासँग जोडिइ रहेका हुन्छन्, चाहे त्यो धावनमार्ग जस्तो होस् या उबडखाबड, या हिलाम्ये अथवा अरु कुनै अस्थिर रुट होस् । यसले बाइक चालकहरुलाई परिकल्पनाभन्दा टाढा पुग्ने अवसरहरु प्रदान गर्छ । ”
यी हुन् छनोट भएका ११ जना चालक
-प्रसान्त मानन्धर
-कशिष पराजुली
-सुमन मर्हजन
-देबकुमार श्रेष्ठ
-जम्पा दोर्जे शेर्पा
-रोशन मर्हजन
-रुपेश श्रेष्ठ
-प्रबिन तिवारी
-प्रशिद्ध पाण्डे
-अतिस चौधरी
-अब्दुरा मनला नेपाली