जब स्टेशनबाट समय भन्दा २५ सेकेन्ड अगाडिनै रेल छुटेपछि…

टोकियो ।  रेल निर्धारित समय भन्दा २५ सेकेन्ड अगाडि छुट्दा जापानी रेल कम्पनीले माफी मागेको छ । केही महिनाको अन्तरालमा यस किसिमको घटना भएको यो दोस्रो पटक हो ।

घटनाप्रति दुःख व्यक्त गर्दै सञ्चालकले भनेका छन्–‘यात्रुलाई परेको असुविधा अक्षम्य हो’ ।  गत नोभेम्बरमा पनि एउटा रेल २० सेकेन्ड अगावै छुटेको थियो । यस पटक भने २५ सेकेन्ड अगावै छुटेको हो ।

जापान टुडेका अनुसार रेलका सञ्चालकले रेल नोटोगावा स्टेसनबाट ०७ः११ मा छुट्नु पर्ने ठानेको तर वास्ताविक समय ०७ः१२ भएको बताइएको छ । यात्रु प्रवेश गर्ने ढोका १ मिनेट अगावै बन्द गरिएपछि उनले आफ्नो गल्ती महशुस गरेका थिए ।

तर उनले प्लेटफर्ममा कोहीपनि रेल कुरेर बसेको नदेखेपछि अगाडि बढ्ने निर्णय गरेको र निर्धारित समय भन्दा अगावै रेल गुडाएका थिए । यसले गर्दा रेल २५ सेकेन्ड अगावै गुडेको हो ।

जापानी रेलले समयपालनको दृष्टिकोणबाट ख्यातीनै कमाउदै आएका छन् । यो भन्दा पहिले नोभेम्बरमा पनि रेल चाँडो छुट्दा व्यवस्थापनले माफी मागेको थियो ।


Back_to_top