यामाहा फेसिनो ‘ग्ल्यामरस गोल्ड’ सार्वजनिक

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । अब ‘सुपरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुनेछ ।

मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले नयाँ कलरको फेसिनो सार्वजनिक गरेकी हुन् । फेसिनो ‘ग्ल्यामरस गोल्ड’सहित ‘डेपर ब्लु’ र ‘बिमिङ ब्लु’मा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ कलरकामोडेलमा अघिल्ला मोडेलमा झैं एयर-कुल्ड, ४ स्ट्रोक, ११३ सीसी को ‘ब्लु कोर’ इन्जिन रहेको छ । यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको छ । नयाँ मोडेलको फ्रन्ट फेसियामा स्टाइलिस र डाइनामिक कर्भ र बडीमा स्टाइलिस ग्राफिक्स प्रयोग गरिएको छ ।

साथै, सिट कभर डुअल टोन कलरको छ जसले आराम र गुणस्तरलाई झल्काउँछ । यसमा प्रयोग गरिएको ब्लुकोर इन्जिनले गर्दा इन्धन खपत समान रहन्छ र यसको सीधा प्रभाव माइलेजमा पर्छ । एक सय तीन किलोग्राम वजन भएको स्कुटर चलाउनलाई आरामदायी समेत रहेको कम्पनीको दाबी छ ।

सोही अवसरमा मिस नेपाल २०१८ तथा यामाहा फेस अफ फेसिनो उपाधि विजेता श्रृंखला खतिवडालाई एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फेसिनो हस्तान्तरण गरे । 

सो स्कूटरको मूल्य १ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


Back_to_top