काठमाडौं । प्यासेन्जर सेग्मेन्टमा सर्वाधिक सफल बनेको जापनी अटोमोबाइल कम्पनी टोयोटा ग्रुपले आक्रमक व्यापार योजना सार्वजनिक गरेको छ ।
टोयोटाले विद्युतीय सवारीलाई प्राथमिकता दिँदै सन् २०२६ सम्ममा वार्षिक १५ लाख यूनिट इलेक्ट्रीक सवारीसाधन विक्री गर्ने लक्ष्य रहेको बताएको हो ।
कम्पनीको यो योजना अनुरुप आगामी तीन वर्षमा १० वटा नयाँ इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने योजना यस अघिनै सार्वजनिक गरिसकेको छ ।
यसअघिका वर्षमा कम्पनीको ईभीको उत्पादन र विक्री संख्या खासै उल्लेखनीय रहेको छैन । सन् २०२२ मा लेक्सस र टोयोटा ब्राण्ड मिलाएर ग्रुपले तीन वटा इलेक्ट्रीक मोडल सार्वजनिक गरेको पाइन्छ । यी सवारीको विक्री संख्या २०२२ मा जम्मा २५ हजार यूनिट पुगेको थियो ।
गएका धेरै वर्ष अगाडिदेखि न्यू इनर्जी भेहिकल टेक्नलोजीमा हाइड्रोजन फ्युलसेलमा केन्द्रीत टोयोटाले अब भने आगामी ४ वर्षको अवधिमा २५ हजार ईभीबाट १५ लाख यूनिट विक्री विक्री गर्ने योजना बनाएको हो ।

