रेन्ज रोभरको २०२४ मोडल इलेक्ट्रीक भर्सनमा आउने

काठमाडौं । रेन्ज रोभरको २०२४ मोडल इलेक्ट्रीक भर्सनमा पनि आउने भएको छ । कम्पनीले सन् २०२४ सम्ममा यो ईभी बजारमा उपलब्ध गराउने भएको हो ।

रेन्ज रोभर इलेक्ट्रीकको बाहिरी डिजाइन पाँचौं जेनेरेसन रेन्ज रोभरको समान हुने बताइएको छ । यसमा सट अफरफक्स रेडीएटर ग्रिल, युनिक बम्पर र एरोडाइनामिक ह्वील पाउन सकिन्छ ।

त्यसैगरी, यसको इन्टेरियर भने इको फ्रेन्डली बनाइएको छ । यसमा लेदर फ्री इन्टेरियर पाउन सकिन्छ ।

यो ईभीमा १३.७ इन्चको फराकिलो ड्राइभर इन्फर्मेसन डिस्प्लेसहित १३.१ इन्चको सेन्टर डिस्प्ले, वायरलेस एप्पल कार प्ले, वायरलेस एन्ड्रोइड अटो, वायरलेस स्मार्टफोन चार्जर दिइएको छ ।

यसमा पछाडिको सिटमा बसेर यात्रा गर्ने व्यक्तिका लागि एडजस्टेबल ११.४ इन्चको एचडी टचस्क्रीन समेत दिइएको छ ।

नयाँ रेन्ज रोभर ईभी एमएलए फ्लेक्स प्लेटफर्ममा आधारीत रहेको छ । यो २३ इन्चको ह्वील उपलब्ध भएको पहिलो रेन्ज रोभर ईभी मोडेल हो ।

यसको लङ ह्वीलबेस भर्सनमा २०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा सात जना यात्रुले आरामदायी यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसमा बीएमडब्ल्यू ग्रुपसँग संयुक्त रूपमा तयार गरिएको इलेक्ट्रीक पावरट्रेनको प्रयोग गरिएको छ । कम्पनीले यो ईभीमा ११० किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिने सम्भावना रहेको छ । अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध यो ईभीमा २ वटा मोटर दिइनेछ । यसले पिकपावर ५३० एचपी र १०२० एनएम टर्क उत्पादन गर्छ।

यसमा प्रयोग भएको ब्याट्रीलाई सामान्य एसी चार्जरबाट १० घण्टामा १० देखि १०० प्रतिशत चार्ज गर्न सकिन्छ भने डीसी चार्जरबाट ३५ मिनेटमा नै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यो ईभी सिङ्गल चार्जमा २५० देखि ३०० माइल अर्थात् ४०२ किलोमिटरदेखि ४८२ किलोमिटर रेन्ज प्रदान गर्दछ । यसको सुरूआती मूल्य भने १ लाख ३० हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ ।


Back_to_top