काठमाडौं । होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले होन्डा ग्राजियामा नयाँ वर्ष स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा दैनिक १४४ रुपैयाँ मासिक किस्ता तिर्नेगरी ग्राजिया खरिद गर्न सकिनेछ ।
नयाँ वर्षको अवसरमा होन्डाले ग्राजिया स्कुटर किन्नेले ५९ हजार ९९९ रुपैयाँ डाउन पेमेन्ट वा १ प्रतिशत ब्याजदर वा सरल किस्ताको स्कीम छनोट गर्न सक्नेछन् । त्यसमध्ये दैनिक १४४ किस्ता तिर्नेगरी ग्रजिया स्कुटर खरिद गर्दा मासिक ४ हजार ३२० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
नयाँ वर्ष स्कीममा स्कुटर किन्दा स्क्र्याचकार्ड मार्फत १ लाख रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् । नगद छुटसँगै कम्पनीले निःशुल्क स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षको लागि सर्भिस प्रदान गर्ने जनाएको छ । त्यसको कुल मूल्य ८ हजार रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ । यो प्याकेज लिन नचाहने ग्राहकले स्क्र्याचकार्ड मार्फत १० हजारसम्मको छुट पनि लिन सक्नेछन् ।
होन्डा ग्राजियामा १२४ सीसी, सिंगल सिलिन्डर, एफआई, फ्यान कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ६००० आरपीएममा ८ बीएच पावर तथा ५००० आरपीएममा १०.३ अधिकतम टर्क जेनेरेट गर्छ ।
ग्राजियामा एलइडी हेडल्याम्प तथा टेलल्याम्प पाउन सकिन्छ । त्यस्तै यसमा अल न्यू डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । उक्त क्लष्टरमा रियल टाइम माइलेज, ट्रिप मिटर, एभरेज माइलेज जस्ता फिचर छन् ।
स्कुटरमा ५.३ लिटरको फ्युल ट्याङक दिइएको छ भने यसले ५४ किलोमिटर प्रितिलिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । यो स्कुटरको फ्रन्टमा टेलिस्कोपीक र रियरमा थ्री स्टेप एड्जष्टएबल स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन रहेको छ ।
होन्डा ग्राजिया बीएस फोर र बीएस सिक्स दुई इन्जिन अप्सनमा ४ भेरियन्ट उपलब्ध रहेको छ । त्यसको मूल्य २ लाख ४३ हजारदेखि ३ लाख रुपैयाँसम्म रहेको छ ।

