पहिलेभन्दा धेरै फिचर थपिएर आयो ‘कोरोला क्रस’

काठमाडौं । टोयोटाको क्रसओभर एसयूभी ‘कोरोला क्रस’को फेसलिफ्ट मोडल सार्वजनिक भएको छ । कम्पनीले थाइल्याण्डबाट बिक्री सुरु गरेको नयाँ कोरोला क्रस पहिलेभन्दा फिचर लोडेड भएर आएको हो ।

टोयोटाले पहिलो पटक सन् २०२० मा बजारमा उतारेको कोरोला क्रस चार वर्षपछि फेसलिफ्ट मोडल गत शुक्रबार थाइल्याण्डमा देखाएको हो ।

नयाँ कोरोला क्रसमा बडी कलरको रिडिजाइन हनीकब प्यार्टनसहितको फ्रन्ट ग्रिल दिएको छ । धेरै हदसम्म इलेक्ट्रीक कारको डिजाइनबाट फेसलिफ्ट कोरोला क्रस प्रेरित भएको देखिन्छ ।

यसमा नयाँ डिजाइनको क्स्टिलाइज हेडलाइट र सिक्वेनसियल टर्न सिग्नल दिएको छ । कनेक्टेड एलइडी डीआरएल समेत थप भएर आएको फेसलिफ्ट मोडलको क्यावीनमा नयाँ इलेक्ट्रीक सनसेड सहितको प्यानारोमिक फ्रमलेस रुफ दिइएको छ ।

डिजिटल ककपीट डिजाइनको ड्यासबोर्डमा १२.३ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १०.१ इन्चको इन्फोटेन्मेन्ट स्कृन पाउन सकिन्छ । यो इन्फोटेन्मेन्ट सिस्टमले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ ।

टोयोटाले नयाँ कोरोला क्रसमा वायलेर फोर चार्जिङ प्याड, यूएसबी टाइप सी पोर्ट, ड्यूल जोन एसी लगायत नयाँ ‘टोयोटा सेफ्टी सेन्स एडास सुइट’ दिएको छ ।

टोयोटाले कोरोला क्रस फेसलिफ्टलाई १.८ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १३८ हर्स पावर प्रदान गर्छ । यसअघिको जस्तै प्योर हाइब्रिड इन्जिनमा पनि कोरोला क्रस आउने छ । यसमा रहेको १.८ लिटर हाइब्रिड इन्जिनले अधिकतम १२१ हर्स पावर दिन्छ ।

रेगुल मोडलमा सीभीटी आई गियरबक्स छ भने, हाइब्रिड भर्सनमा ई सीभीटी गियरबक्स रहको छ ।

थाइल्याण्ड बजारमा आएको फेसलिफ्ट कोरोला क्रस नेपाली बजारमा पनि उपलब्ध हुनेछ । अहिलेको कोरोला क्रस हाइब्रिड १ करोड ६५ लाख मूल्य तोकेर नेपालमा बिक्री हुँदै आएको छ ।


Back_to_top