यस्तो छ नेपाल आएको जीएसी एवोन-वाई (मूल्यसहित)

काठमाडौं । सिजी मोटर्सले भोलि जीएसी एवोन-वाई मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको सहायक ब्राण्ड एवोनको पहिलो मोडलको रुपमा यसलाई नेपाली बजारमा बिक्री सुरु गर्न लागिएको हो ।

जीएसी एवोन-वाई मोडलमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । एनइडीसीका अनुसार उक्त ब्याट्रीले सिंगल चार्जमा ४९० किलोमिटर रेन्ज दिनेछ ।

जीएसी एवोन-वाई साइजमा भने निकै ठूलो छ । यसको लम्बाई ४५३५ एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिइएको छ ।

कम्पनीले यसमा १०० किलोवाट पीकपावर क्षमताको इलेक्ट्रीक मोटर दिएको छ भने पीकटर्क २२५ एनएम रहेको छ । झट्ट हेर्दा एमपीभी जस्तो लाग्ने यो कार नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गर्न लागेको हो ।

एवोन-वाईमा किलेस इन्ट्री, आइप्याडल, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १४.६ इन्चको विशाल टचस्कृन, ६ स्पीकर, पीएम २.५ एयर फिल्टर जस्ता फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सुरक्षाको लागि डेढ दर्जन फिचर समाबेस भएको एवोन-वाईमा टायर प्रेसर मोनिटर, एबीएस, इएसपी, ब्रेकिङ इमर्जेन्सी रिकभर सिस्टम, ६ वटा एयरव्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।


Back_to_top